रसुवागढी नाकामा विशेष सुरक्षा योजना

रसुवागढी नाकामा विशेष सुरक्षा योजना

नुवाकोट : रसुवागढी नाकाबाट व्यापारका नाममा अवैध तस्करी हुन नदिन प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको छ। रसुवागढी जाने पासाङ ल्हामु सडकमार्ग निगरानीको तथा चेक-जाँचको काम तिव्र बनाइएको रसुवा प्रहरीले जनाएको हो।

गस्तीका माध्यमबाट ट्राफिक प्रहरीले सवारी साधनको मापदण्ड र नेपाल प्रहरीले सवारी साधनमा सवार व्यक्तिको लेखाजोखा तथा निगरानी तिव्रता दिएको रसुवा प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक सन्तोष तामाङले बताए।

लाङटाङ राष्ट्रिय निकुञ्ज वरिपरिको भू-भागमा सडकमार्ग भएकाले नेपाली सेनासमेत नुवाकोट र रसुवाको सिमाना बेत्रावतीदेखि रसुवागढीसम्म खटेर गैरकानुनी क्रियाकलाप रोक्ने कार्य गरिरहेको उनले बताए। तामाङका अनुसार व्यापार व्यवसायका नाममा अपराधीले गैरकानुनी क्रियाकलाप, विदेशी मुद्रा अपचलन गर्न थालेकाले निगरानीको कामलाई तीव्रता दिइएको हो।

प्रहरीले गोसाइँकुण्ड गाउँपालिका त्रिशूली नदी किनारामा गत १ गते विदेशी मुन्द्रासहित २ जनालार्इ पक्राउ गरेको थियो। प्रहरीले करिब ९ हजार अमेरिकी डलरसहित  चितवनका श्रीराम चौधरीका र रौतहट विकासप्रसाद चौधरीलार्इ पक्राउ गरेको हो। उनीहरू पक्राउ परेसँगै प्रहरीले सुरक्षा योजना बनाएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.