ककनीमा कांग्रेस सभापतिको भेला : नेतृत्व परिवर्तन गर्नुपर्ने माग

ककनीमा कांग्रेस सभापतिको भेला : नेतृत्व परिवर्तन गर्नुपर्ने माग

नुवाकोट : नेपाली कांग्रेसले नुवाकोटको ककनीमा जिल्लाका सभापति भेला आयोजना गरेको छ। गत वर्ष भएका स्थानीय तह, प्रदेश तथा संघीय तहको निर्वाचनमा नराम्रो पराजय चाखेको कांग्रेसले काठमाडौंसँगै जोडिएको नुवाकोटमा अधिकार सम्पन्न जिल्ला सभापतिको भेला गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ। 

नुवाकोटको पुर्वी भेगमा रहेको पर्यटकीय क्षेत्र ककनीमा आयोजित दुई दिने भेलामा ६० जिल्ला सभापतिको सहभागिता रहको छ। पार्टीको प्रस्तावित विधानका सम्बन्धमा छलफल गर्न भेला आयोजना गरिएको बताइएको छ। 

भेलामा आन्तरिक गुटबन्दीको अन्त्य गरी संगठनलाई वडा स्तरबाटै सुदृढीकरण गर्नुका साथै नेतृत्वको परिवर्तन हुनु पर्ने माग आएको छ। 

पार्टीको संघीय विधानलाई अझ राम्रो बनाउन सकिन्छ भन्ने विषयमा छलफल सुरु भएको छ। महासमिति बैठकमा कसरी प्रस्तुत हुने सामूहिक धारणा तय गर्न दुई दिने भेला आयोजना गरिएको आयोजक कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए। 

जिल्ला सभापति सहभागी भेलामा कांग्रेसको प्रस्तावित विधानको विषयमा छलफल भएपनि नेतृत्वको कार्यशैलीप्रति अधिकांशले असहमति जनाएको एक नेताले बताए। सहभागी सभापतिले अब नेतृत्व परिवर्तनका लागि तयारी गर्नु पर्नेमा जोड दिएका छन्। भेलामा सहभागी सभापतिहरुले पार्टीको नेतृत्व सक्षम नहुँदा  चुनावमा पराजित हुँदै पार्टी प्रतिपक्षमा पुगेको निष्कर्ष निकालेका छन्। 

नुवाकोटमा आठ महिना अगाडि पनि कांग्रेसका जिल्ला कोषाध्यक्षको भेला गरिएको थियो।  असार पहिलो साता मकवानपुरको हेटौंडामा चुनावमा पराजयको कारण खोजी गरी समीक्षा गर्न भेला भएका जिल्ला सभापति महासमिति बैठकअघि भेलामा जुटेका हुन्।

जिल्ला सभापति भेलाको पहिलो दिन निर्वाचनको समीक्षा, पार्टीको नेतृत्व, सरकारको गतिविधि तथा अबको मार्गदिशाका सम्बन्धमा छलफल भएको छ। सभापतिहरुले वर्तमान सरकारले दुई तिहाई बहुमतको दम्भ देखाइरहे आन्दोलन गर्ने चेतावनी दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.