कांग्रेस जिल्ला सभापतिको भेला ककनीमा

कांग्रेस जिल्ला सभापतिको भेला ककनीमा

ककनी : विधानमाथिको संशोधनको विषयमा छलफल गरी साझा धारणा बनाउन भन्दै कांग्रेस जिल्ला सभापतिहरू बुधबारदेखि नुवाकोटको ककनीमा भेला भएका छन्। ६४ वटा जिल्ला सभापति उपस्थित भेलामा जिल्ला सभापतिहरूले पार्टीको विधानबारे सामूहिक धारणा सार्वजनिक गर्दै छन्।

नुवाकोट जिल्ला कार्यसमितिले आयोजना गरेको भेलामा जिल्ला सभापतिहरू अमरसिंह पुन र मदन अमात्यले विधान मस्यौदाबारे ब्रिफिङ गरेका थिए।  त्यसपछि जिल्ला सभापतिहरूको व्यक्तिगत धारणा राख्ने क्रम सुरु भएको थियो। बुधबार दिउँसोसम्म सबै जिल्ला सभापतिले धारणा राखिसकेपछि भेलाले विधानबारे जिल्ला सभापतिहरूको तर्फबाट औपचारिक धारणा तय गरिने आयोजक नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले बताए।

भेलाले पार्टीको विधानबारे तय गरिने सामूहिक धारणा बुधबारदेखि नै सुरु भएको बैठकमा पेस गर्ने जिल्ला सभापतिहरूले तयारी गरेका छन्। आइतबार बसेको केन्द्रीय समिति बैठकमा जिल्ला सभापतिहरू पुन र अमात्य पनि सहभागी थिए। उनीहरूले नै ककनीमा भइरहेको जिल्ला सभापति बैठकको धारण केन्द्रीय समितिमा लैजाँदै छन्।  यसअघि असारको पहिलो साता हेंटौडामा जिल्ला सभापतिको भेला पार्टीले नै आयोजना गरेको थियो।  त्यसबेलासमेत जिल्ला सभापतिहरूले पार्टीको विधानबारे चासो देखाउँदै विधान समितिमा जिल्ला सहभागिताको माग गरेका थिए।

कांग्रेस काठमाडौं सभापति सबुज बानियाँले विधानमा देखिएका विवादबारे पार्टी नेतृत्वलाई एक हुन भेलाले आग्रह गरेको बताए।  ‘विधानमा केन्द्रीय नेतृत्व नै विभाजित भएका बेला हामी एक ठाउँ आएका छौं, विधानमा जिल्लाको आवाज एउटै बनाउन चाहन्छौं’, पर्सा सभापति खजय दुवेदीले भने  साधारण सदस्यता लिएको दुई वर्षपछि प्रत्येक वर्ष नवीकरण भए/नभएको र सदस्यको सक्रियता हेरेर उसलाई साधारणबाट क्रियाशील बनाउन सकिने बताएका छन्। बुधबार बसेको पहिलो दिनको बैठकले १७ सदस्यीय कार्यदल बनाएको छ। उक्त समितिले विधानबारे र जिल्ला सभापति बैठकको घोषणापत्र बिहीबार तयार पार्दै छ।

विधान र मंसिर अन्तिम साता हुन लागेको कांग्रेस महासमिति भेलाकै सन्दर्भमा सोमबार मात्रै नेतृ सुजाता कोइराला निवासमा सभापतिइतर समूहको लन्च बैठक भएको थियो । मंगलबार पनि महामन्त्री शशांक कोइरालाको निवासमा सभापति इत्तर समुहको नेताहरू अनौपचारिक बैठक गरेर पार्टीको विधान महासमिती भेलाको वारेमा छलफल गरेका छन।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.