जोर बिजोर प्रणालीको अबज्ञा गर्न युथ कांग्रेस नेपालको अाग्रह

जोर बिजोर प्रणालीको अबज्ञा गर्न युथ कांग्रेस नेपालको अाग्रह

युथ कांग्रेस नेपालले यातायातका साधनमा लगाएको जोर बिजोर प्रणालीको अबज्ञा गर्न आह्वान गरेको छ। युथ कांग्रेसले मङ्सिर १४ देखि १७ गतेसम्म काठमाडौँमा हुने एशिया प्याशिफिक समिटलाई लक्षित गरेर बिहीबारदेखि घोषणा गरिएको जोर बिजोर प्रणालीको अबज्ञा गर्न अाग्रह गरेको हो । 

 
युथ कांग्रेस नेपालका राष्ट्रिय संयोजक सचिन तिमल्सेनाद्वारा हस्ताक्षरित भएको विज्ञप्तिमा अन्तराष्ट्रिय ग्रैह सरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा राज्यले जनतालाई दुख दिने काम गरेकोले गम्भीर आपत्ति रहेको जनाइएको छ।

युथ कांग्रेसले आफूलाई राष्ट्रवादी देखाउन खोज्ने ओली सरकारले गैससको कार्यक्रमका लागि जवरजस्त लाद्न खोजेको निर्णयको अवज्ञाको क्रममा हुने अप्रिय घटनाको जिम्मवार सरकार नै हुनुपर्ने चेतावनी दिएको छ।

विज्ञप्तिमा भनिएको छ –'आफैमा विवादित र शंकास्पद सम्मेलनका निम्ति आम नेपाली जनताले किन सास्ति व्यहोर्नुपर्ने ? सामाजिक सुरक्षा योजनाका नाममा नयाँ युग सुरु भएको ढोंग देखाउने ओली सरकारलाई यस्ता निर्णयले गिज्जाइरहेको छ।'
जिम्मेवार राज्यले गर्न नसुहाउने, रहस्यमय र अस्वभाविक निर्णयको सबैले अवज्ञा गर्नुपर्ने बताइएएको छ।

एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका अतिविशिष्ट र विशिष्ट पाहुनाहरु आउने भएपछि प्रहरीले काठमाडौँ उपत्यकामा चल्ने यातायातमा चार दिन जोर बिजोर प्रणाली लागू गरेको हो। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्सिर १३ र १५ गते बिजोर र मङ्सिर १४ तथा १६ गते जोर अङ्कका सवारीसाधन सञ्चालन गर्न पाइनेछ। 

अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू नहुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.