आन्तरिक राजश्‍व भद्रपुरले उठायो लक्ष्यभन्दा १ सय ४ प्रतिशत बढी राजश्‍व

आन्तरिक राजश्‍व भद्रपुरले उठायो लक्ष्यभन्दा १ सय ४ प्रतिशत बढी राजश्‍व

भद्रपुर : आन्तरिक राजश्व कार्यालय भद्रपुर, झापाले आर्थिक वर्ष २०७५/७६ को पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजश्‍व संकलन गरेको छ। २०७५ श्रावणदेखि कार्तिक मसान्तसम्मको लक्ष्य ६८ करोड ९८ लाख ३९ हजार रहेकोमा ७१ करोड ९० लाख १६ हजार संकलन गरी लक्ष्यको तुलनामा १ सय ४ प्रतिशत बढी राजश्व संकलन गरेको हो। 

अघिल्लो आ.व. २०७४/७५ सोही अवधिमा ५५ करोड ३३ लाख असुली भएकोमा सोको तुलनामा १ सय ३० प्रतिशत प्रगति भएको आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत बोलराज आचार्यले बताए। 

आर्थिक वर्ष २०७१/७२ को राजश्व असुलिको तुलनामा आ.व. २०७४/७५ मा शत प्रतिशत वृद्धि गरी सो बर्षको तुलनामा दोब्बर राजश्व संकलन गरेको छ । मेची अञ्चलका ताप्लेजुङ्ग, पाँचथर, इलाम र झापाको माईखोला पूर्वका १० वटा स्थानीय तहको क्षेत्राधिकार रहेको कर कार्यालयबाट संकलित उक्त राजश्वमा पछिल्लो समय करदाताको दायरा विस्तार र करदाता शिक्षाको सकारात्मक प्रभाव रहेको कार्यालय प्रमुख आचार्यले जानकारी दिए। 

२०७५ कार्तिक महिनासम्ममा ५०/४० मुल्य अभिवृद्धि कर दर्तावालासहित कुल ५१ हजार १ सय ९८ करदाता पुगेको र पछिल्लो समयमा मुल्य अभिवृद्धि करतर्फ विवरण नबुझाउने करदाताको संख्या घट्दै गएको कार्यालयको तथ्याङ्कबाट देखिन्छ।

वार्षिक विधेयक २०७५ बाट हालै प्रदान गरिएको छुट सुविधाबाट दर्ता हुन छुट भएका करदाता दायरामा आउने र दर्ता भई कर कानुनको पालना नगरेका करदाताबाट सुविधा प्रयोग गरी परिपालन स्तर बढाउने अपेक्षा लिएको आचार्यले बताए। 

यस छुट सुविधाको उपयोग गर्ने अवधि २०७५ पौष मसान्तसम्म रहेको र उक्त अवधिमा जिल्लास्तरीय उद्योगा वाणिज्यसंघ, उद्योगसंघ, नगरस्तरीय उद्योग बाणिज्य संघलगायतका पेशागत संघ संस्था र संवद्ध पक्षसँग सहकार्य भइरहेको समेत आचार्यले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.