ए डिभिजनको तेस्रो स्थानमा उक्लियो शेर्पा

ए डिभिजनको तेस्रो स्थानमा उक्लियो शेर्पा

काठमाडौं : हिमालयन शेर्पा क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा बुधबार भएको खेलमा हिमालयन शेर्पाले मच्छिन्द्र क्लबलाई २–० गोलले हरायो। शेर्पाको जितमा आशिष गुरुङ र कर्ण लिम्बूले गोल गरे। दुवै हाफका एकएक गोल गरेको शेर्पाका लागि आशिषले २१औं मिनेटमा खाता खोलेका थिए।

अर्को गोल कर्णले ९० औं मिनेटमा थपेका थिए। हिमालयन शेर्पाका इलरिच सिबी म्यान अफ दी म्याच भए। उनले १० हजार रुपैयाँ पुरस्कार पाए। जितसँगै चार खेलबाट १० अंक बनाएको हिमालयन शेर्पा तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। दुई अंकमा सीमित मच्छिन्द्र ११औं स्थानमा छ। शीर्ष स्थानमा रहेको मनाङको १२ र दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको १० अंक छ।

यसैगरी एन्फा मैदानमै भएको अर्को खेलमा तालिकाको अन्तिमतिर रहेका फ्रेन्ड्स र जाउलाखेल क्लबले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। निकै प्रतिस्पर्धात्मक खेलमा फ्रेन्ड्सका लागि विकास लामाले २६औं मिनेटमा खाता खोले। फ्रेन्ड्सको गोलपछि जोसिएको जाउलाखेलले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल फर्काएको थियो।

जाउलाखेलका अर्जुन सिंहले पहिलो गोल गरे। जाउलाखेलले त्यसपछि दोस्रो हाफको सुरुआतमा लगातार दुई गोल थपेको थियो। जाउलाखेलका फोडे फोफानाले ४७औं र सुमन डंगोलले ५२औं मिनेटमा गोल गर्दै जाउलाखेलको अग्रता बलियो बनाए। त्यसपछि रक्षात्मक देखिएको जाउलाखेलमाथि फ्रेन्ड्सले आक्रमण जारी राख्यो।

फ्रेन्ड्सका फोफाना ब्राहिमनले ६८औं र धीरज श्रेष्ठले ८२औं मिनेटमा गोल गर्दै टोलीलाई एक अंक दिलाएका थिए। लिगमा पहिलो बराबरीसँगै एक एक अंक बनाएका जाउलाखेल र फ्रेन्ड्स क्रमशः १२औं र १३औं स्थानमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.