कम्बोडियाका प्रधानमन्त्री सेन काठमाडौंमा

कम्बोडियाका प्रधानमन्त्री सेन काठमाडौंमा

कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आइपुगेका छन्। भोलिदेखि सुरु हुने ‘एसिया प्यासिफिक समिट–२०१८’मा सहभागी हुन उनी विहिबार काठमाडौं आइपुगेका हुन्। 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सरकारका उपप्रधान एवं रक्षामन्त्री र्इश्वर पोखरेलले उनलार्इ स्वागत गरेका छन्।

त्रिभुवन विमानस्थलमा अवतरण गरे लगत्तै उनी सोल्टी होटलतिर लागेका छन्। हेलिकप्टरसहितको विशेष सुरक्षा सहित उनलार्इ विशिष्ठ पाहुन बस्ने व्यवस्था मिलाइएको सोल्टी होटल लगिएको हो। अन्य मुलुकका पाहुनापनि आज र भोली काठमाडौं आउदैछन्। 

‘एसिया प्यासिफिक समिट–२०१८’मा चार दर्जनभन्दा बढी मुलुकका राजनीतिज्ञ आउने भएका छन्। मसिंर १३ र १४ गते हुने काठमाडौंमा हुने सम्मेलनमा कम्बोडियाका प्रधानमन्त्रीसमेत आउने भएका हुन्।

विभिन्न मुलुकका बहालवाला र पूर्व पदाधिकारी (राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विदेश मन्त्री, सभामुख) सहित विभिन्न संघसंस्थाका प्रतिनिधि आउने बताइएको छ।

यो सम्मेलन नेपाल सरकार, प्रतिनिधि सभा, युनिभर्सल पिस फेडरेसन (यूपीएफ), नेसनल कन्फेरेन्स अफ एसियन पोलिटिकल पार्टीज् (आईक्याप) र इन्टरनेसनल एसोसियसन अफ पार्लियामेन्टेरियन फर पिस (आईएपीपी) को सहकार्यमा हुँदैछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.