यी हुन् सोमबार गोप्य राखिएका मन्त्रिपरिषद्का १४ निर्णय
काठमाडौं : सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले बिहीबार सार्वजनिक गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले पोल्यान्डमा हुने संयुक्त राष्ट्रसंघीय जलवायुसम्बन्धी महासन्धिको २४ औं सम्मेलनमा जान स्वीकृति दिने निर्णय गरेको छ। सम्मेलन मंसिर १७ देखि १८ गतेसम्म चल्नेछ।
त्यसैगरी युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) लाई भारत जान स्वीकृति दिएको छ। सुनार डा. अम्बेडकर इन्टरनेसनल अवार्ड लिन भारत जान लागेका हुन्।
सँगै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रचारप्रसार तथा व्यवस्थापनका लागि ६७ लाख २३ हजार ७ सय ५० रुपैयाँ अर्थ मन्त्रालयबाट सुरक्षा कोषलाई उपलब्ध गराउने निर्णय गरेको छ।
थप निर्णय तस्बिरमा :