नेकपाका २१ केन्द्रीय सदस्यको निष्कर्ष : अभियानलाई निरन्तरता

नेकपाका २१ केन्द्रीय सदस्यको निष्कर्ष : अभियानलाई निरन्तरता

काठमाडौं : पार्टी शीर्ष नेताकै कार्यशैलीमाथि प्रश्न उठाउँदै ६ बुँदे ज्ञापन बुझाएका नेकपाका २१ केन्द्रीय सदस्य आन्दोलनलाई निरन्तरता दिने निष्कर्षमा पुगेका छन्। मंसिर ५ मा महासचिव विष्णु पौडेलमार्फत पार्टीका दुवै अध्यक्षलाई सम्बोधन गरी पार्टी बैठक मागेका उनीहरू बिहीबार नयाँ बानेश्वरमा बैठक बसे।

कार्यकर्ता, नेता, नेतृत्व पंक्तिबाट सकारात्मक प्रयास गरिएको र पार्टीलाई विधि एवं पद्धतिका आधारमा सुधार गर्न धेरै महत्वपूर्ण काम भएको केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बताए।  पार्टीभित्र नेतृत्व स्वेच्छाचारी बनेको, सरकार र पार्टी सम्बन्ध टुटेको, नेतृत्वले संगठनात्मक निर्णय गर्दा पक्षपातपूर्ण व्यवहार देखाएको, राजनीतिक नियुक्तिलगायत काममा पार्टीसँग परामर्शसमेत नगरिएकोलगायत आरोप उनीहरूको छ। केन्द्रीय सदस्य डा. विजय पौडेल, खतिवडा, ठाकुर गैरे, रामकुमारी झाँक्री, रचना खड्कालगायत नेताले पार्टीलाई विधि एवं प्रक्रियाका आधारमा चल्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए।

सचिवालयलाई सर्वेसर्वा नबनाउन, पोलिटब्युरो गठन गर्न र स्थायी समितिदेखि केन्द्रीय समिति बैठक बोलाउन उनीहरूको माग छ। अभियानमा लागेका नेताले अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल, सचिवालय सदस्य वामदेव गौतम, प्रवक्ता नारायणकाजी        श्रेष्ठलगायतसँग छलफल गरिसकेका छन्।

टोलीले बिहीबार मात्र प्रवक्ता श्रेष्ठसँग छलफल गर्यो। ‘पार्टी प्रवक्ताले हाम्रा मागमा समर्थन जनाउनुभयो,’ भेटपछि नेता खतिवडाले भने। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली, सचिवालयका नेता ईश्वर पोखरेल र रामबहादुर थापासँग पनि टोलीले भेटघाट गर्ने तयारी गरेको छ।

‘अभियान चलाएका कारण हामीमाथि गम्भीर किसिमको कोपभाजन र पक्षपात हुन सक्छ भन्ने समीक्षा गरेका छौं’, अभियानका अर्का एक केन्द्रीय सदस्यले भने।  बैठकमा सहभागी केन्द्रीय सदस्यले ज्ञापनपत्रमा उठाइएका विषयको औचित्य पुष्टि हुँदै गएको र पार्टीभित्रकै शीर्ष नेताबाटै पनि सकारात्मक जवाफ पाएको विषयमा धारणा राखेका थिए।

सचिवालय सदस्यसँगको छलफलमा भने नेताहरूले आफ्ना मागमा पार्टी बैठकमा छलफल गराउने र निर्णयमा पुगिने विश्वास दिलाएको रिपोर्टिङ भएको थियो। ‘पार्टी र सरकारको काम, कार्यकर्ताको जीवनशैली, आचरण, संसदीय दल परिचालनलगायत विषयमा सचिवालयका नेताले समीक्षा गर्छौैं भन्नुभएको छ’, नेता खतिवडाले भने।

प्रदेश कमिटी नाममा फेरि करेक्सन

बुधबारको नेकपा सचिवालय बैठकले सातै प्रदेश कमिटीको नाम टुंगो लगाएको बताएको थियो। तर पनि प्रदेश कमिटीमा परेका नाममा करेक्सन सुरु भएको छ। मापदण्ड नपुगेका मान्छेलाई प्रदेश कमिटीमा छिराउन करेक्सन सुरु भएको नेकपा स्रोतले बतायो।

विवाद देखिएसँगै बिहीबार सार्वजनिक गर्ने भनिएको नाम सार्वजनिक नगरी अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले कार्यदलका दुई सदस्य महासचिव विष्णु पौडेल र रामबहादुर थापालाई राखेर नाम काटछाँट गर्न थालेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.