मिल सञ्चालनले महिलालाई सहज

मिल सञ्चालनले महिलालाई सहज

अछाम : अछामका ग्रामीण क्षेत्रमा विद्युत् विस्तारसँगै विद्युतीय प्रविधि मिल सञ्चालनमा आएका छन्।  कुटनी–पिसनीमा सबैभन्दा बढी महिलालाई सहज भएको छ।  पुराना प्रविधिमा काम गर्न धेरै समय लाग्ने, जनशक्ति र श्रम बढी लाग्ने भएकाले मिलको प्रयोग बढेको चौरपाटी गाउँपालिकाका–७ मार्कुकी अमृता बोगटीले बताइन्।  ‘धान कुट्ने, गहुँ पिस्ने र तोरी पेल्ने नयाँ प्रविधिका मिल भित्रिएपछि अहिले महिलालाई सुविधा भएको छ’, उनले भनिन्, ‘ओखलमा धान कुट्न निकै समय लाग्छ, अरू काम गर्न भ्याइनभ्याई हुन्थ्यो, गहुँ पिस्न घट्ट गए पालो नपाएपछि बासै बस्नुपथ्र्यो। ’

समयअनुसार बढ्दो प्रविधि र सुविधाले परम्परागत रूपमा प्रयोगमा आएका ओखल, जाँतो, कोल धेरैले प्रयोग गर्न छाडेका छन्।  घरको कुटनी–पिसनीको जिम्मा महिलाको काँधमा हुने भएको मिलले सहजता थपेको साँफेबगर नगरपालिका–६ भागेश्वरकी दुतकला रावलले बताइन्।  ‘ओखल र जाँतोमा श्रम र समय दुवै बढी लाग्थ्यो’, उनले भनिन, ‘मिलले समयको बचत गरेको छ, अरू काम पनि सहजै गर्न सकिने भएको छ। ’

चौरपाटी गाउँपालिका–४ पायलमा विद्युत् विस्तार भइरहेको छ।  तैपनि, त्यहाँ तीन वटा मिल डिजलबाट सञ्चालनमा छन्।  ‘पायलमा विद्युत् पुगेको छैन तर यहाँका बासिन्दाको सेवा–सुविधालाई ध्यानमा राखेर डिजलबाट मिल चलाएका छौं’, मिल सञ्चालक सन्त बोहराले भने, ‘सडक सुविधा पुगेकाले गाउँका सबैले मिलमै कुटनी–पिसनी गर्छन्।  गाउँका महिलालाई मिलले राहत पुगेको छ। ’

साँफेबगरका कालिका राईस मिलका सञ्चालक मीनबहादुर कुँवरले दैनिक मिलमा ५० जनाभन्दा बढी कुटनी–पिसनीका लागि आउने गरेको बताए।  उनले भने, ‘गाउँ–गाउँमा सडक पुगेको छ, बढीजसो दुर्गम गाउँबाट महिला गाडी रिजर्व गरेर धान, गहुँ लिएर आउँछन्।  १÷२ महिनालाई पुग्ने गरी कुटेर पिसेर लग्ने गर्छन्, सबैभन्दा सहज महिलालाई भएको छ’, उनले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.