'रियाज र गायनसँग प्रेम बसेको छ'

'रियाज र गायनसँग प्रेम बसेको छ'

ऋतु कँडेलको ‘ऋतको फूल’ बोलको गीत चर्चामा छ। कँडेलले ‘ऋतुका फूल’, ‘बतास’ नामक दई आधनिक गीत र तीजका तीनवटा सोलो गीतिएल्बम बजारमा ल्याइसकेकी छन्। एमबीए सकाइसकेकी उनी हाल त्रिविमा फाइन आर्टमा म्युजिक विषय लिएर शास्त्रीय संगीत अध्ययनरत छिन्। उनीसँग अजवी पौड्यालले गरेको कुराकानी :


तपाईंको दिनचर्या ?

बिहानै उठेर रियाज गर्छु। नियमित कलेज जान्छु। सेड्यलअनसार गीत रेकर्ड गर्न स्टडियो पनि गइन्छ। निम्ता आए विभिन्न मेला तथा महोत्सवमा सहभागी हुन्छु।

 गायनमा कसरी लाग्नुभयो ?

गृहजिल्ला चितवन पढ्दा स्कलका हरेक कार्यक्रममा कनै न कनै परस्कार जित्थेँ। एसएलसीपछि काठमाडौं आएँ। कलेज पढ्दा साथीहरूको संगतले संगीत सिक्न थालें। ‘ऋतका फूलहरू’ एल्बम बजारमा आएपछि गायिकाको पहिचान बन्यो।

रियाज कत्तिको गर्नुहुन्छ ?

फुर्सद हुनासाथ रियाजमा बस्छु। दैनिक दईतीन घन्टा रियाजका लागि छुट्याएकी छु। प्रायः मुन्द्र सप्तकदेखि मध्य सप्तकसम्म नोट मिलाउने गर्छु।

संगीतलाई कसरी परिभाषित गर्नुहुन्छ ?

सर, ताल र लयको गहिराइ हो संगीत। गहिराइमा पुगेर भेट्टाइने मोतीजस्तै मीठो हुन्छ यसको स्वाद।

गायिकामा तपाईं कसको बढी फ्यान ?

पुराना गायिकाहरू तारादेवी, अरुणा लामा, शान्ति ठटालका गीतहरू धेरै सुन्ने गर्थें। अञ्जु पन्तको स्वर पनि मलाई अत्यन्तै मन पर्छ।

परिवारको सहयोग कत्तिको छ ?

पहिले त मैले गीत गाएर हिँडोस् भन्ने थिएन तर अहिले राम्रो गर्दैछौ भनेर हौसला दिन्छन्। परिवारका सदस्यले अझ मेहनत गर भन्छन्।

राम्री हुनुहुन्छ, मोडलिङ पनि गर्नुहुन्छ ?

मेरा आफ्नै केही गीतमा अभिनय गरेकी छु। मेरो नशानशामा गायन छ भने अभिनय मेरो रहर हो।

विदेश कत्तिको जानुहुन्छ ?

चान्स पाएको बेला जाने गरेकी छु। तीजअघि जापान गएर डेढ महिना बसेर आएँ। केही समयपछि अस्ट्रेलिया जाने तयारीमा छु। कलाकारलाई बचाउने भनेकै मेला, महोत्सव र विदेशको प्रस्ततिले हो।

अहिले कुन गीतमा काम गर्दै हुनुहुन्छ ?

भ्यालेन्टाइन डेको अवसरमा बजारमा ल्याउने गरी ‘साथी’ नामक गीतमा काम गरिरहेकी छु। भूपेन्द्र खड्काको शब्द रहेको यो गीत अत्यन्तै राम्रो बनेको छ। यो गीतबाट मैले धेरै अपेक्षा गरेको छु। रोमान्टिक गीत हो यो।

अविवाहित हुनुहुन्छु, प्रेम प्रस्ताव कत्तिको आउँछन् ?

त्यो त सामान्य नै भइहाल्यो नि। कसैले प्रत्यक्ष भन्छन्, कसैले अप्रत्यक्ष फलो गर्ने, गिफ्ट पठाउने गर्छन्। म अलि रिजर्भ खालको छु। कसैले छिट्टै प्रभाव पार्दैनन्। खासमा रियाज र गायनसँग मेरो प्रेम बसेको छ अचेल।

तपाईंलाई मन पर्ने पनि होलान् नि ?

मन पर्नेहरू छन् तर गाढा सम्बन्ध भने कसैसँग छैन। मेरो चाहनालाई सपोर्ट गर्ने, अलिकति आँट भएको, मभन्दा केही बढी जान्ने मान्छेको खोजीमा छु।

तपाइलाई मन पर्ने ड्रेस ?

आधुनिक खालका ड्रेस मन पराउँछु। कार्यक्रमहरुमा गइरहनु पर्ने भएकाले मसँग ड्रेसहरूको कलेक्सन पनि राम्रै छ। टिसर्ट पेन्ट, गाउन र वन पिसमा म आफूलाई कम्फर्ट मान्छु।

मेकअपका सामग्री कन ब्रान्डका प्रयोग गर्नुहुन्छ ?

म्याक र लोरियलका सामान प्रयोग गर्छु। कार्यक्रमबाहेक अन्य ठाउँमा म खासै मेकअप गरेर हिँड्न मन पराउन्नँ।

ब्यागमा नछुट्ने करा ?

लिपस्टिक, गाजल, फाउन्डेसन, मस्कारा, सानो रमाल, मोबाइल र केही पैसा।

फर्सदको समयमा के गर्नुहुन्छ ?

म हरेक समय गीत गनगनाइरहेकी हुन्छु। पराना हिन्दी गीतहरू पनि सुन्छु। केही न केही नयाँ सिक्न खोजिरहेकी हुन्छु।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.