चार्म हराएको ‘ए’ डिभिजन लिग
पोर्चगलका स्टार क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी आइकन लियोनल मेसी त्यतिकै स्टार बनेका होइनन्। उनीहरूको स्टारडम पछाडि क्लब लिग फटबलको ठूलो हात छ।
यस्तै अहिले चल्तीका फ्रान्सेली यवा स्ट्राइकर केलियन एम्बापे र एन्टोइन ग्रिजम्यान तथा ब्राजिलका नेमारले क्लब फटबलमा गरेको प्रदर्शनको जगमा राष्ट्रिय टोलीले सफलता पाएको हो।
यरोपियन र अमेरिकी फटबल लिगका कारण विश्व फटबलमा पनि सदाबहार उनीहरूको राज छ। वास्तवमा लिग हरेक देशको फटबल विकासको मेरदण्ड हो। प्रत्येक देशको फटबल स्तरलाई त्यहाँ सञ्चालन हने घरेल लिगले मापन गर्छ।
लिगमा सञ्चालन हने खेलसँगै समर्थक र दर्शकको जमघटले पनि फटबलको माहोल तताउँछ। यरोप र अमेरिकी देशहरूको सिको गर्दै छिमेकी देश चीन र भारतले फटबलमा ठूलो लगानी गर्न थालेका छन्। विश्वका अनभवी र चल्तीका खेलाडीको गन्तव्य पनि अहिले चीन र भारत बनेको छ।
नेपालमा भने घरेल लिग त्यति जम्न सकेको छैन। नेपाली फटबलको सर्वोच्च निकाय अखिल नेपाल फटबल संघ (एन्फा) भित्र पदाधिकारीको आपसी लडाइँका कारण लिग फटबलले नियमितता पाउन सकेको थिएन। नियमित लिग नहँदा खेलाडी, रेफ्री र प्रशिक्षक प्रत्यक्ष मारमा थिए।
पछिल्लो चार वर्षदेखि रोकिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फेरि सञ्चालनमा आएको छ। एन्फाले असोज १३ गतेदेखि सर गरेको लिग दसैं र तिहारका कारण एक महिना स्थगित गरेको थियो। लिगका खेल मंसिर १ देखि पनः सर भएको छ। तर यसपटकको लिगले विगतको जस्तो दर्शक र समर्थक तान्न सकेको छैन।
यसअघि मनाङ मस्र्याङ्दी र थ्रीस्टार क्लबबीचको खेल हँदा दशरथ रंगशालाको प्यारापिट भरिन्थ्यो। यस पटकको दवै क्लबको लिगमा दर्शक त्यति देखिएनन्। तीन हजार दर्शक क्षमता रहेको सातदोबाटोस्थित एन्फा मैदानको प्यारापिट खाली नै देखिन्थ्यो।
रेलिगेसन बिनाको लिग हँदा खेल मिलेमतोको सम्भावना पनि उत्तिकै छ।
अन्य दिन एन्फा मैदानमा नगन्य दर्शक पगे पनि हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा फटबलको दर्शक पाउन झनै मस्किल छ। यसअघि नियमित फटबल हेर्ने दर्शकको चासोमा यस पटकको लिग परेको छैन।
पाटनका मोहन श्रेष्ठ यसअघि घरेल लिग फटबलका नियमित दर्शक हन्। उनले यसपालि मनाङ र थ्रीस्टारको खेलमात्र हेरेर चित्त बझाए। थ्रीस्टारका समर्थक उनी टोलीले कस्तो खेल्छ भनेर मात्र एन्फासम्म पगेका थिए। ‘ लिगमा उपाधि जित्ने मात्र होइन। घटवा र बढवाले खेलाडीको प्रदर्शनमा समेत ठूलो फरक पार्छ। एन्फाले रेलिगेसन बिनाको लिग गर्दा कसैलाई हेर्ने जाँगर छैन। एन्फाको सानो प्यारापिट दर्शकले नभरिन यही कारण हो,’ मोहनले भने।
एन्फाले भने घरेल फटबलमा नयाँ माहोल ल्याउन रेलिगेसन (घटवा) बिनाको लिग सञ्चालन गरेको दाबी गरेको छ। एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले रंगशालाको अभाव, सबै क्लबलाई मिलाएर लैजानपर्ने अवस्था र फटबलको माहोल तय गर्न रेलिगेसन बिनाको लिग आयोजना गर्न बाध्यता भएको जनाए। शेर्पाका अनसार एन्फाले यस लिगका लागि विश्व फटबल महासंघ (फिफा) र एसियाली फटबल महासंघ (एएफसी) बाट स्वीकृति पाएको छ।
लिगमा घटवा र बढवाको प्रावधान नराख्दा क्लबहरूले राम्रा र चल्तीका खेलाडी अनबन्धनमा चासो देखाएका छैनन्। भूकम्पपछि जीर्ण बनेको दशरथ रंगशाला तयार नहन, नियमित लिग नहँदा राम्रो खेलाडी विदेश पलायन हन र क्लबहरू खेलाडीलाई खर्च गर्न तयार नहँदा लिगमा दर्शकको चार्म घटेको हो।
रेलिगेसन बिनाको लिग हँदा खेल मिलेमतोको सम्भावना पनि उत्तिकै छ। तर लिग सञ्चालन समितिका संयोजक सञ्जीव मि श्र यसलाई स्वीकार्दैनन्। ‘मिलेमतो रोक्न हामीले प्रत्येक खेलको विजेता टोलीलाई ५० हजार परस्कार राखेका छौं। अन्तिममा रहने टोलीको आगामी वर्ष दई र एक अंक पनि घटाइने प्रावधान छ,’ मि श्र भन्छन्।
नेपालमा २०११ सालदेखि सहिद स्मारक लिग सञ्चालन हन थालेको हो। तर बर्सेनि हनपर्ने लिगले २०७०/७१ सम्म जम्मा ४२ सस्ंकरण मात्र पूरा गर्यो।