जी-२० सम्मेलन : साउदी राजकुमारसँग मोदीको भेटवार्ता

जी-२० सम्मेलन : साउदी राजकुमारसँग मोदीको भेटवार्ता

काठमाडौं : अर्जेन्टिनाको ब्यूनस एरिसमा शुक्रबारको जी–२० सम्मेलनतिर विश्व समुदायको ध्यान तानिएको छ । अमेरिकी, चिनियाँ र रुसी राष्ट्रपतिहरुको उपस्थितिलाई यहाँ विशेष चासो दिइएको छ ।

यस क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जीनफिङको वार्ता, साउदी राजकुमार मोहम्मद बीन सलमानको उपस्थिति लगायत विषयले पनि विशेष महत्व पाएका छन् ।

साउदी राजकुमार र मोदीबीच भेटवार्ता :

अर्जेन्टिनामा साउदी राजकुमार मोहम्मद बीन सलमानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । वार्ताको क्रममा दुई देशबीच सुरक्षा, उर्जा, लगानीमा सहकार्य गर्ने बारे छलफल भएको थियो ।

अर्जेन्टिनाको ब्युनस एरिसस्थित राजभवनमा भएको भेटवार्तामा साउदी राजकुमार सलमानले भारतलाई चाहिने सबै तेल तथा पेट्रोलियम उत्पादन बितरणको लागि आफूहरु तयार रहेको बताएका थिए । सौर्य उर्जामा लगानी गर्न पनि उनीहरुबीच सहमति भएको बताइएको छ ।

सलमानको विरोध :

पत्रकार जमल खसोग्गीको हत्यामा संलग्न भन्दै आलोचित बनेका साउदी राजकुमार मोहम्मद बीन सलमानको यहाँ पनि विरोध भएको छ । उनको उपस्थिति अघि नै अर्जेन्टिनामा ब्यापक विरोध भएको थियो ।

सलमानको तस्बिर सहित प्लेकार्ड देखाउँदै युवाहरुले सार्वजनिक स्थलमा उनलाई अर्जेन्टिनामा आउन प्रतिबन्ध लगाइनुपर्ने आवाज उठाएका थिए ।

सम्मेलनमा भने बेलायती प्रधानमन्त्री थेरेसा मेले साउदी राजकुमारबारे बोल्नसक्ने बुझिएको छ । पत्रकार खसोग्गीको हत्या तथा यमनको अवस्थाबारे विषय उठाउँदै सलमानमाथि मे ले प्रश्न उठाउने बुझिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.