नेपालको विकास भारतको हितमा : जोली

नेपालको विकास भारतको हितमा : जोली

काठमाडौं : भारतीय जनता पार्टीका नेता विजय जोलीले शान्तिप्रिय मुलुक नेपालको विकास भारतको हितमा रहेको बताएका छन्। 

शुक्रबार आयोजित साक्षात्कारमा पूर्वविधायक एवं दिल्ली स्टडी ग्रुपका अध्यक्ष जोलीले नेपाली युवालाई रोजगारी दिने, शिक्षा, नयाँ विश्वविद्यालयको स्थापना, स्वास्थ्य क्षेत्रको विकास तथा अस्पतालको स्थापनाजस्ता आधारशिला खडाबाट नै नेपालको विकास हुने विश्वास व्यक्त गरे।

नेपालको ऊर्जा विकासबाट भारतलाई पनि लाभ हुने उनको भनाइ छ। उनले भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप नगरेको प्रस्ट पारे। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको चार पटक भ्रमण गरेर नेपालप्रतिको माया स्पष्ट दर्शाएको बताउँदै उनले आफूले १८ वर्षदेखि नेपालको घटनाक्रमलाई निकट भएर नियाँलिरहेको उल्लेख गरे। 

अर्को प्रसङ्गमा उनले एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन आफू नेपाल आएको र यस सम्मेलनबाट नेपालमा पर्यटक आगमनमा वृद्धि हुने विश्वास व्यक्त गरे।

दक्षिणी दिल्ली महानगरपालिकाका (साउथ दिल्ली म्युनिसिपालिटी करपोरेशन) प्रमुख नरेन्द्रकुमार चावलाले वातावरण, पानी, महिला सशक्तीकरणजस्ता विषयमा दुवै मुलुक एक भएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.