माटो खन्न गएकी महिलाको पुरिएर मृत्यु

माटो खन्न गएकी महिलाको पुरिएर मृत्यु

गोरखा : गोरखाको दुर्गम केरौंजा गाउँमा माटो खन्ने क्रममा पुरिएर एक महिलाको ज्यान गएको छ। धार्चे गाउँपालिका–२ केरौंजाकी करिब २५ वर्षीया भीममाया गुरुङको शुक्रबार दिउँसो माटा खन्दै गर्दा ओढारभित्रै पुरिएर मृत्यु भएको वडाअध्यक्ष सुकबहादुर गुरुङले जानकारी दिए।

अध्यक्ष गुरुङका अनुसार उनी भूकम्पले भत्किएको घर पुनर्निर्माणका लागि शुक्रबार बिहान माल्कीडाँडामा माटो खन्न गएकी थिइन्। ‘खच्चडवालालाई माटो ओसार्न आउनू है भनेर बिहान ११ बजेतिर माल्की डाँडामा गएकी रहिछन्’ परिवारिक स्रोतको हवला दिदै गुरुङले भने, ‘दिउसो १ बजेतिर खच्चडवाला माल्की डाँडामा पुग्दा केही माटो भरेर बोरा राखेको तर मान्छे नेदेखेपछि गाउँलेलाई बोलाएर खोजतलास गर्दा माटोले पुरिएर मृत्यु भइसकेको अवस्थामा भेटिइन्।’ 

यसअघि सो गाउँमा घरहरु ढुङ्गाको मात्र पर्खाल लगाएर बनाउने चलन थियो। भूकम्प प्रतिरोधी घर बनाउन ढुंगा र माटोको प्रयोग गर्न प्राविधिकको सुझावपछि गाउँमा माटोको समेत प्रयोग गर्न थालिएको वडाअध्यक्ष गुरुङले बताए।

 ‘गाउँमा गारो लगाउने राम्रो माटो नभएकाले गाउँलेहरु सबैले गाउँबाट करिब आधा घण्टाको दूरििमा रहेको माल्कीडाँडाबाट माटो ल्याउने गरेका थिए’ गुरुङले भने, ‘सबैले माटो झिक्दाझिक्दा माल्की डाँडामा गहिरो ओढार बनिसकेको थियो। त्यही ओढारमै दुखद घटना भयो।’
घटनाको बारेमा ढिलो मात्र प्रहरीलाई जानकारी प्राप्त भएकाले शनिबार बिहान मात्रै प्रहरी घटनास्थलतर्फ हिडेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी बिमल बस्नेतले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.