सहकार्यले मात्रै विकास र शान्ति सम्भव : सु की

सहकार्यले मात्रै विकास र शान्ति सम्भव : सु की

काठमाडौँ : म्यान्मारकी स्टेट काउन्सिलर आङसान सु कीले विश्वमा दिगो विकास र शान्ति स्थापनाका लागि सहकार्यमा जोड दिएकी छिन् । शनिबार काठमाडौँमा सुरू भएको ‘एशिया प्रशान्त शिखर सम्मेलन-२०१८’ लाई सम्बोधन गर्दै उनले हरेक चुनौतीलाई अवसरका रुपमा लिई सकारात्मक सोचका साथ त्यसको सामना गर्न सक्नुपर्ने बताइन्। 

दिगो विकास, समृद्धि र शान्ति सँगसँगै स्थापित हुनुपर्ने भन्दै उनले पारस्परिक समृद्धि, सहकार्य र मानवीयतालाई प्राथमिकता दिएर मात्रै गरीबी, अशिक्षाजस्ता एशिया प्रशान्त क्षेत्रका साझा समस्याको समाधान गर्न सकिने दाबी गरिन् । 

सम्मेलनमा कम्बोडियाका प्रधानमन्त्री हुन सेन, भारतीय जनता पार्टीका नेता विजय जोलीलगायतले पनि सम्बोधन गरेका छन् । नेता जोलीले आफू हरेक पटक नेपाल भ्रमणमा आउँदा भ्रातृत्वको सन्देश पाउने भन्दै भारत विश्वव्यापी शान्ति र विकासका लागि सहकार्य गर्न तयार रहेको बताए । 

आयोजक संस्था युनिभर्सल पिस फेडेरेशन (युपिएफ) अन्तर्राष्ट्रिय अध्यक्ष डा. थोमस जी वास्लले स्वागत गर्दै सम्मेलनले दिगो विकासका लक्ष्य र शान्ति तथा सहकार्यका लागि सन्देश दिने बताए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेसँगै सम्मेलन शुरु भएको थियो । सम्मेलनमा आधा दर्जन मुलुकका राष्ट्र÷सरकार प्रमुखका साथै अन्य मुलुकका विशिष्ट पाहुना छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.