शल्यक्रियाको पैसा तिर्न नसकेर समस्यामा रहेकी सुत्केरीको उद्धार

शल्यक्रियाको पैसा तिर्न नसकेर समस्यामा रहेकी सुत्केरीको उद्धार

सर्लाही : शल्यक्रिया गरेको रकम तिर्न नसकेर तीन दिनदेखि सर्लाही सदरमुकाम मलंगवाको एक स्वास्थ्य संस्थामा समस्या झेलिरहेकी सुत्केरी र शिशुको उद्धार भएको छ। 

चक्रघट्टा गाउँपालिका-८, औरहीका राकेश मल्ली (डोम) की श्रीमती १८ वर्षीया राधा मल्लीको बिहीबार शल्यक्रिया भएको थियो। शल्यक्रियापछि शिशुको स्यहार र त्यसको खर्च तिर्न नसक्दा समस्यामा रहेकी डोमको उद्धार भएको हो। 

शल्यक्रिया खर्च वापतको २३ हजार रुपैयाँ तिर्न नसक्दा तीन दिनदेखि उनी समस्यामा थिइन्। स्थानीय सञ्चारकर्मीको पहलमा उनको उद्धार भएको हो। उनको शल्यक्रिया बापतको रकम मलंगवा नगरपालिका ४ घरभइ अष्ट्रेलिया बस्ने मुकेशकुमार चौधरी, पूर्व सांसद नरेन्द्र साह र मञ्जु मिश्रले तिरिदिएका छन्। 

चौधरीले १५, साहले १३ र मलंगवा १० की मिश्रले पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेर आमा र शिशुको उद्धार गरेका हुन्। बाँकी रकम सुत्केरीलाई खर्च गर्न दिइएको छ। 

सुत्केरी राधाका श्रीमान राकेश मल्ली (डोम) ले गाउँघर र बजारमा हारगुहार गर्दापनि उपचार खर्च जुटाउन समस्या भएको थियो। ‘गाउँमा पैसा माग्न हिँड्दा बल्ल-बल्ल तीन हजार जुटेको थियो’, श्रीमान राकेशले भने, ‘मागेर मात्रै पैसा जुटाउन निकै गाह्रो थियो।’ उनले श्रीमती र छोरीको उद्धार गर्न पहल गरेकोप्रति सबैलाई धन्यवाद दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.