खुला हाफ म्याराथुनमा विभागीय टोली हाबी

खुला हाफ म्याराथुनमा विभागीय टोली हाबी

भक्तपुर : ‘छोरीको लागि दौड’ भन्ने मूल नारासहित भएको खुला हाफ म्याराथुनमा सुरक्षा निकायका विभागीय टोली हाबी भएका छन्।

शिखर दीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो दसौं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित उक्त दौडमा नेपाली सेना र सशस्त्र प्रहरी बलका धावकहरु हावी भएका हुन्।

काठमाडौंको वसन्तपुर दरबारदेखि भक्तपुर दरबार क्षेत्रसम्म २१ किलोमिटरको उक्त दौडको पुरुषतर्फ सशस्त्रका गोपीचन्द्र पार्की र महिलातर्फ नेपाली सेनाकी विश्वरुपा बुढा पहिलो भएका हुन्।

पार्कीले एकघन्टा आठ मिनेट २९ सेकेन्डमा दौड पूरा गरेका थिए। बुढाले भने एक घन्टा २१ मिनेट २४ सेकेन्ड लगाइन्। दुवैले स्वर्णपदक र शिल्डसँगै जनही पचास हजार रुपैयाँ नगद पुरस्कार हात पारे।

दौडको पुरुषतर्फ पार्कीभन्दा २२ सेकेन्डले पछि परेका नेपाली सेनाका हिमलाल श्रेष्ठ दोस्रो भए। महिलातर्फ बुढाभन्दा चार मिनेट २३ सेकेन्ड पछि रहेकी सशस्त्रकी विन्दा श्रेष्ठ दोस्रो भइन्। दोस्रो हुनेले रजत पदकसहित शिल्ड र २५ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन्। 

त्यस्तै एकघन्टा नौ मिनेट १६ सकेन्डमा दौड पूरा गरेका नेपाली सेनाकै कृष्ण बस्नेत तेस्रो स्थानमा रहे। महिलातर्फ भने सशस्त्रकी फूलमती राणाले एकघन्टा २६ मिनेटमा दौड पूरा गरी तेस्रो भइन्। तेस्रो स्थानमा रहेका धावकहरुले कास्यपदक र शिल्डसँगै जनही १५ हजार रुपैयाँ नगद पुरस्कार पाए।

दौडको पुरुषतर्फ एकघन्टा १० मिनेट लगाएका सशस्त्रका सन्तोषविक्रम विष्ट चौथो र एक घन्टा ११ मिनेट लगाएका नेपाल आर्मीका राजन रोकाया पाँचौं भए। महिलातर्फ नेपाल आर्मीका सानुमाया कार्की र रेशु बस्नेत क्रमशः चौथो र पाँचौं स्थानमा रहे। दौड पूरा गर्न कार्कीले एकघन्टा २८ मिनेट लगाउँदा बस्नेतले एकघन्टा २९ मिनेट लगाइन्।

चौथो र पाँचौं स्थानमा रहेका महिला र पुरुष धावकहरुले क्रमशः नगद पाँच हजार र तीन हजार रुपैयाँसँगै गिफ्ट ह्याम्पर पाए।दौडका विजेताहरुलाई प्रदेश नम्बर ३ का सांसद सुरेन्द्रराज गोसाईंले प्रमाणपत्र, पदक, शिल्ड र नगद पुरस्कार वितरण गरेका थिए। उनले छोरीको लागि दौड आयोजना गरिएकोमा धन्यवाद ज्ञापन गर्दै सरकारले नेपाली छोरीहरुको रक्षा गर्न नसकेको बताए।

कञ्चनपुरकी निर्मला पन्तजस्ता धेरै छोरीहरुले अझै न्याय पाउन नसकेको भन्दै उनले खेलाडीहरुलाई पनि आन्दोलित हुनु आह्वान गरे।

नेपाल मजदुर किसान पार्टीका बैकल्पिक केन्द्रीय सदस्यसमेत रहेका गोसाईंले ओली सरकारले निर्वाचन घोषणापत्रमा समेत उल्लेख नभएको कामस्वरुप सहरका खम्बाहरुमा सरकार झुण्ड्याएको व्यंग्य गरे।

कार्यक्रममा आयोजक संस्थाका उपाध्यक्ष तेजबहादुर तामाङले देशभरका गरिब एवं विपन्न एकसय बालिकालाई संस्थले पूर्ण भरणपोषणसहितको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरे।

सोही घोषणाको लागि खुला हाफ म्याराथुन गरिएको उनले जानकारी दिए। उनका अनुसार हाल्फ म्याराथुनमा तीनसय २६ जना धावकहरुको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.