कर्मचारीले असहयोग गरेको मुख्यमन्त्री गुरुङको आरोप

कर्मचारीले असहयोग गरेको मुख्यमन्त्री गुरुङको आरोप

बेनी : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको काममा कर्मचारीले असहयोग गरेको आरोप लगाएका छन्। 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश इञ्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले शनिबार बेनीमा आयोजित कार्यक्रममा कर्मचारीले संघीय, प्रदेश र स्थानीय सरकारलाई असहयोग गरेको आरोप लगाएका हुन्। 

‘कर्मचारीको मानसिकता र मनोविज्ञानमा कुनै परिवर्तन भएको छैन। उनीहरु अहिलेको संघीय शासन व्यवस्था सफल बनाउन असहयोग गरिरहेका छन्’, मुख्यमन्त्री गुरुङले भने, ‘आनाकानी, ढिलासुस्ती, लुकिछिपी, के ? के ? गरेर अवरोध सिर्जना गरेका छन्।’ 

उनले पुरानो कर्मचारी र नयाँ शासकबीच अन्तरद्वन्द्व भएको बताए।  ‘पुरानो शासन व्यवस्थाले उत्पादन गरेका कर्मचारी र नयाँ व्यवस्थाका शासकबीच ठूलो अन्तरद्वन्द्व चलिरहेको छ’, उनले भने। 

कर्मचारीको असहयोगबीच सरकारले अहिलेसम्म राष्ट्रिय एकता, अन्तर्राष्ट्रिय सम्बन्ध सुधारका लागि गरेका काम महत्वपूर्ण भएको दाबी उनको छ। उनले बहुमतको दम्भ त्यागेर जनताको सेवा गर्न जनप्रतिनिधिलाई निर्देशन दिए। 

गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले पर्यटन, जलविद्युत, व्यापार, उद्योग क्षेत्रमा प्रदेशमा प्रशस्त सम्भावना रहेको बताइन्।

कार्यक्रममा सहभागी नेता कार्यकर्ताले सरकारको कामलाई प्रभावकारी र पार्टी एकतालाई छिटो टुंग्याउन जोड दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.