फोरम र राजपामा आन्तरिक विवाद

फोरम र राजपामा आन्तरिक विवाद

काठमाडौं : प्रदेश २ मा संयुक्त सरकार चलाइरहेका मधेसी दल संघीय फोरम र राजपा दुवैका केन्द्रीय तहमा समस्या देखिएका छन्। केही समयअघि बसेको फोरमको बैठकमा नेत्री रेणु यादवले राजीनामा दिएपछि स्थगन भएको बैठक सुचारु हुन सकेको छैन। यता ४ मंसिरमा संयोजक फेरिएपछि राजपाले समेत औपचारिक बैठक गर्न सकेको छैन।

संघीय फोरमको मंसिर २ मा सुरु राजनीतिक समिति बैठकमा नेत्री यादवको राजीनामासम्बन्धी विवाद सिर्जना भएपछि ४ गते बस्ने गरी स्थगित गरियो। फोरमका उपमहासचिव प्रकाश अधिकारीले मंसिर २२ मा बस्ने केन्द्रीय समितिले पार्टीका सबै समस्या सल्टाउने दाबी गरे। उनले भने, ‘बाहिर हल्ला भए जस्तो केही समस्या छैन, हामी बैठकको आन्तरिक तयारीमा छौं।’ अधिकारीले नस्वीकारे पनि फोरम स्रोतका अनुसार मंसिर २ को बैठकमा असोज ३ गते कालो दिवस मनाउनेबारे प्रदेश संयोजक नेत्री यादवले जारी गरेको विज्ञप्ति र प्रदेश २ का विभिन्न जिल्लामा संयोजक तोकिएको सन्दर्भमा विरोध भएको थियो।

फोरमका महासचिव रामसहाय यादवले बैठकमै नेत्री यादवको क्रियाकलापमा असन्तुष्टि जनाउँदै राजीनामा मागेका थिए। पछि अध्यक्ष उपेन्द्र यादवले बैठक नै स्थगित गराएपछि तनाव मत्थर भयो। त्यसपछि फोरमको राजनीतिक समितिको बैठक बस्न सकेको छैन। फोरमले आउँदो २२ र २३ गते केन्द्रीय समिति बैठक बोलाएको छ। फोरम नेताहरूका अनुसार त्यसअघि कार्यसम्पादन समिति र राजनितिक समितिको बैठक बसी पार्टीका समस्या सल्टाउने प्रयास भइरहेको छ। फोरमले प्रदेश २ को सरकारको नेतृत्व गरिरहेको छ भने संघीय सरकारमा पनि सहभागी छ।

यता ४ मंसिरमा बसेको राजपा अध्यक्षमण्डलको बैठकले महन्थ ठाकुरलाई संयोजकबाट हटाउँदै राजेन्द्र महतोलाई जिम्मा दिने निर्णय ग¥यो। महतोले संयोजकको जिम्मेवारी पाएकै दिन अध्यक्षमण्डलको बैठक आह्वान गरे। तर बैठक बस्न सकेन। यसबीच उनले तीन पटक बैठक डाके पनि बस्न सकेको छैन। शुक्रबार पूर्वसंयोजक ठाकुरसँग उनको निवास पुगेर छलफल गरेपछि उनी दिउँसो पार्टी कार्यालय आए पनि बैठक बस्न सकेन।

संयोजकबाट हटाइएपछि पार्टी कार्यालय समेत आउन छाडेका ठाकुर शुक्रबार कार्यालय आएर दाँतमा समस्या देखिएकाले बोल्न गाह्रो भएको र नियमित फलो अपमा नयाँ दिल्ली जानुपर्ने भएकाले औपचारिक बैठक केही पछि सार्न आग्रह गरे। ठाकुर आइतबार दिल्ली जान लागेको राजपा नेताले बताएका छन्। उनी फर्केपछि मात्र औपचारिक बैठक गर्ने सहमति अध्यक्षमण्डलमा भएको नेताहरूले बताएका छन्। संयोजक महतोले भने पार्टीको महाधिवेशनको तयारी भइरहेको र त्यसले प्रभाव नपर्ने जनाए।

वैशाखमा महाधिवेशन गर्न राजपाले केन्द्रबाट गरिनु पर्ने कामहरू नभएको भन्दै यसअघि पार्टीभित्र गुनासा बढेका थिए। महतोले संयोजक भएपछि आफू पार्टीका आन्तरिक काममै केन्द्रित रहेको बताए। ‘अहिले हाम्रो मुख्य काम नै पार्टीको आन्तरिक व्यवस्थापन हो’, महतोले भने, ‘त्यसका लागि हामी हरेक दिन अनौपचारिक बैठक गरिरहेका छौं।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.