पाहुनाको पर्खाइमा भलामचाैर

पाहुनाको पर्खाइमा भलामचाैर

बेसीसहर : सामुन्ने देखिने सेता हिमाल। चिटिक्क परेका घर। ढुंगा बिछ्याइएका सफा सडक। फराकिला फाँटको थुम्कामा रहेको भलामचौर निकै मनमोहक देखिन्छ। मस्र्याङ्दी गाउँपालिका–९ को गोपालडाँडा हुँदै घलेगाउँ जाने बाटोमा पर्छ, भलामचौर। मनमोहक प्राकृतिक छटा र गुरुङ संस्कृति रहेको भलामचौर गाउँ यतिबेला पाहुनाको स्वागतका लागि तम्तयार छ।

यहाँका १० घरमा होमस्टे संरचना तयार गरिएको छ। थप ५ घरमा सञ्चालन तयारी छ। होमस्टे व्यवस्थापन समितिका अध्यक्ष लुकुमारी गुरुङले गाउँले पाहुनाको स्वागतका लागि तयार भएको बताइन्। खुदीबाट भलामचौर साढे पाँच किलोमिटर पर्छ। भलामचौर र घलेगाउँको दुरी ६ किमी छ। ‘गाउँकै बाटो भएर घलेगाउँ जाने पर्यटक ओहोरदोहोर गर्छन्’, लुकुमारीले भनिन्, ‘गाउँमा मेरो सानो होटल थियो। पाहुना यहीँ बस्ने गर्थे। अहिले सबै मिलेर होमस्टे चलायौं।’ होमस्टेले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने उनले बताइन्।

यहाँबाट मनास्लु, डा. हर्क हिमाललगायत दर्जन हिमशृंखला, मस्र्याङ्दी र खुदखोलाको नागबेली, गाउँपालिकाको सुन्दर बस्ती हेर्न सकिन्छ। बाइसे–चौबिसे गढी, रानी ओडार, जुवा, त्रिपासा खेल्ने ढुंगा, सुन्दरी तलाउ, मान्द्रे ढुंगा, तीनकन्या देवी मन्दिर, पहराको कलादेवी, सिद्ध मन्दिर हेर्न लायक ठाउँ हुन्। होमस्टे समितिका सचिव तेजबहादुर गुरुङका अनुसार उक्त ठाउँमा गुफा पनि छ। गुफा हेर्न व्यवस्थापनमा जुटेको उनले बताए। उक्त डाँडामा गुम्बा निर्माण पनि सुरु गरिएको छ।

होमस्टे सुरु नगर्दै फाट्टफुट्ट आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीय बताउँछन् । केही विदेशी ६÷६ महिनामा गाउँ बस्ने गरी आउने होमस्टे सञ्चालक रितु गुरुङले बताइन्। ‘विदेशी विद्यार्थी तथा स्वयंसेवक एक पटक आउँदा हप्तौंसम्म बस्छन्’, गाउँकै आर्गानिक खानेखुरा खान्छन्, यहीँ बनाएको हस्तकला सामग्री प्रयोग गर्छन्।’

भलामचौर आउने पर्यटकले प्याकेजको सात सय पर्छ। जिल्लाको अन्य होमस्टेभन्दा यो निकै सस्तो हो। प्याकेजमा स्वागतको खाजा, साँझ लोकल कुखुरा, सुत्ने कोठा र बिहानको नास्ताको व्यवस्था हुन्छ। सादा खाना खानेका लागि अझ सस्तो छ।

पर्यटकलाई गाउँमै पालिएका गाईभैंसीको दूध, घ्यु, दही, रोटी, मकै, कोदोका परिकार, आर्गानिक तरकारी, लोकल रक्सी, लोकल कुखुराको मासु खुवाइन्छ। गुन्द्रुकको अचार, निउरो, कुरिलो, बेथेलगायत सब्जी पनि खुवाइन्छ। एक पटकमा ५० जनासम्म पाहुना राख्न सकिने होमस्टे सञ्चालक रत्नबहादुर गुरुङले बताए। आउने पाहुना लिन जाने व्यवस्था मिलाइएको छ। सेतो चामलमा दही मुछेर बनाइएको टीका र फूलमालाले स्वागत तथा बिदाइ गरिन्छ। पर्यटकले झ्याउरे, कृष्णचरित्र र स्थानीय पौराणिक नाचगान हेर्न पाउनेछन्।

होमस्टेमा मस्र्याङ्दी गाउँपालिकाको सहयोगबाट सोलारबत्ती जडान गरिएको छ। पर्यटकको सजिलोका लागि पाँच घरमा इन्टरनेट जोडिएको छ। यसले सबै होमस्टेमा वाइफाइ सुविधा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.