रास्कोटमा स्याउ जोन कार्यक्रम लागू

रास्कोटमा स्याउ जोन कार्यक्रम लागू

कालिकोट : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन एकाइको आयोजनामा रास्कोट नगरपालिकामा स्याउ जोन कार्यक्रम लागू भएको छ। जिल्ला समन्वय समिति कालिकोटमा आयोजना गरेको स्याउ जोन क्षेत्र निर्धारणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा रास्कोट नगरपालिकामा स्याउ जोन लागू गर्ने निर्णय भएको हो।

अन्तरक्रिया कार्यक्रममा पहिलो चरण यसै आर्थिक वर्षदेखि रास्कोट नगरपालिकाका नौ वटै वडामा स्याउ जोन कार्यक्रम लागू गर्ने र आगामी आर्थिक वर्षदेखि पचालझरना, पलाँता, शान्नित्रिवेणी र नरहरीनाथ गाउँपालिकामा पनि कार्यक्रम विस्तार गर्ने निर्णय गरिएको छ। यस्तै जिल्लाकै सबैभन्दा बढी स्याउ उत्पादन हुने क्षेत्र तिलागुफा, खाँँडाचक्र नगरपालिकाका केही वडा, शुभकालिका र महाँवै गाउँपालिकामा लागू भएको स्याउको सुपर जोन कार्यक्रम विस्तारका लागि अनुरोध गर्ने निर्णय गरिएको छ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य सांसद दुर्गबहादुर रावतले स्याउ जोन कार्यक्रमले जिल्लाको पहिचान बदलिएको बताए। कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य कुर्मराज शाहीले जिल्लामा लागू भएको स्याउ जोन कार्यक्रमका लागि प्रदेश सरकारले पनि एक करोड बजेट विनियोजन गरेको बताउँदै कर्मचारीको अभावले प्रदेश सरकारको बजेट खर्च गर्न चुनौती रहेको बताए। कर्णाली प्रदेश सरकारले झ्यालबाट योजना छिराउने र अनुहार हेरेर बजेट विनियोजन गरेको उनले आरोप लगाए।

कार्यक्रममा रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बरालले रास्कोट नगरपालिकाको लेकाली क्षेत्र सिप्टीमा ५० देखि एक सय स्याउका बिरुवा अनिवार्य रोप्न लगाइने बताए। उनले भने, ‘रास्कोट नगरले पहिलो चरणमा नगरभित्रका कुल दुई हजार सात सय घरधुरीले ५० देखि एक सय स्याउका बिरुवा रोप्नुपर्ने अभियान सञ्चालन गर्दै छौं। माघ महिनाबाट हरेक घरधुरीलाई एक सयभन्दा बढी स्याउ रोेप्न लगाउने तयारी छ। लेकाली क्षेत्रमा निजी जमिन हुनेलाई आफ्नै जमिनमा र जमिन नहुनेलाई सार्वजनिक जमिन भाडामा दिएर पनि स्याउखेती गर्न लागाउने उनले बताए।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको व्यवस्थापन एकाइ ललितपुरका अनुगमन तथा मूल्यांकन अधिकृत कमल शाहीले परियोजनाबारे जानकारी दिँदै कृषिका लागि खेतीयोग्य जमिनको एकीकरण गरी उत्पादन बढाउने उद्देश्यले तय गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रास्कोटका स्याउ किसानलाई ठूलो सहयोग पुग्ने बताए। किसानका लागि मल, बीउ तथा प्राविधिक सेवाको सुनिश्चितता, उत्पादन सामग्रीको उद्योग स्थापना, बजार, माटो परीक्षण तथा गुणस्तर नियन्त्रणमा सहयोग पुग्ने उनले बताए। कार्यक्रममा रास्कोट नगरपालिकाका अगुवा कृषक परिलाल न्यौपाने, तिलागुफाका टेकबहादुर शाहीले स्याउ जोन कार्यक्रमले कालिकोटमा उत्साह छाएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.