स्वदेश फर्किइन् सू ची
काठमाडौं : म्यानमारकी नेतृ आङ सान सू ची आइतबार बिहान स्वदेश फर्किएकी छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान एवं रक्षामन्त्री र्इश्वर पोखरेलले विदाई गरे। उनी काठमाडौंमा आयोजित एसिया प्यासिफिक सम्मेलनमा भाग लिन यही मंसिर १३ गते नेपाल आएकी थिइन्।
नेपाल बसाइको क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटवार्ता गरेकी थिइन्। भेटका क्रममा प्रधानमन्त्री ओलीले सू चीलाई कक्षा ९ को सामाजिक विषयको पुस्तक उपहार दिएका थिए।
नेपाल पुगेकी दिन उनले भृकुटीमण्डपमा आयोजित 'नेपाल चेम्बर एक्स्पो-१८'लाई विशिष्ट अतिथिका रुपमा सम्बोधन समेत गरिन्। सम्बोधनको क्रममा उनले नेपाली उद्यमीलाई म्यान्मारमा लगानी गर्न आग्रहसमेत गरेकी थिइन्।