धादिङमा बस र मोटरसाइकल ठोक्‍किँदा एकको मृत्यु, एक घाइते

धादिङमा बस र मोटरसाइकल ठोक्‍किँदा एकको मृत्यु, एक घाइते

धादिङ : धादिङको पृथ्वीराजमार्गअन्तर्गत थाक्रे गाउँपालिका- ६ दशकिल्लामा बस र मोटरसाइकल ठक्‍कर खाँदा १ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने एक घाइते भएका छन्। धादिङबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८३९५ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको बा ३६ प ८३५७ नम्बरको मोटरसाइकल ठोक्‍किँदा दुर्घटना भएको हो।

मृत्यु हुनेमा गजुरी गाउँपालिका चिसापानिका ५५ वर्षीय मोटरसाइकल चालक नारायणकाजी भण्डारी रहेका छन्। यसैगरी घाइते हुनेमा सोही मोटरसाइकल पछाडी रहेका ४२ वर्षीया धनकुमारी भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

घाइते भण्डारीको धार्के अस्पतालमा उपचारको लागि पठाइएको छ भने मोटरसाइकल, बस र बस चालक प्रहरी नियन्त्रणमा छन्। मृतकका आफन्तहरुले करिब ४५ मिनेट राजमार्ग बन्द गराएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.