विवेक र एलिशालाई मिस एण्ड मिस्टर सुदूरपश्चिमीको उपाधि

विवेक र एलिशालाई मिस एण्ड मिस्टर सुदूरपश्चिमीको उपाधि

धनगढी : धनगढीमा सम्पन्न 'मिस्टर एण्ड मिस टीन सुदूरपश्मिाञ्चल २०१८'  को उपाधि विवेकराज जोशी र एलिशा गौतमले हात पारेका छन्। शनिबार अबेर राति धनगढीको ओम प्यालेसमा भएको फाइनल प्रतिस्पर्धामा उनीहरु दुवैले उपाधि हात पारेका हुन्।


१३ जना पुरुष प्रतियोगीलाई पछि पार्दै गौतम र जोशीले उपाधि जितेका हुन्। प्रतियोगितामा अडिसन राउण्डमा तीन सय बढी सहभागी भए पनि फाइनलमा १३ महिला र १३ पुरुष गरी २६ जनाले प्रतिस्पर्धा गरेको आयोजकले जानकारी दिएको छ। उपाधीसँगै विजेता गौतमले स्कुटी र जोशीले मोटरसाइकल समेत प्राप्त गरेका छन्।

यस्तै प्रतियोगितामा महिला र पुरुषतर्फ फस्ट रनरअप क्रमश जेनिफर वेद र प्रशान्त खड्का घोषित भए भने सेकेण्ड रनरअपको उपाधि असुति सिंह र सन्तोष ओझाले प्राप्त गरे। अप इन्टरटेनमेन्ट इन्टरनेसनल प्रालिको आयोजनामा भएको फाइनल प्रतिस्पर्धामा नेपाली फिल्म जगतका महानायक राजेश हमाल, नायिका सञ्चिता लुइटेल, मिस एसिया प्यासिफिक चन्द्रा थापा गिरी, गोपाल सुन्दरलाल कक्षपति निर्णायकको भूमिका रहेको अप इन्टरटेनमेन्टका निर्देशक सारा थापाले जानकारी दिइन्।

सुदूरपश्चिममा प्रतियोगिताको यो चौथो संस्कण हो। पछिल्लो समय सुदूरपश्चिममा पनि यस किसिमका प्रतियोगिताको होड चलेको छ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.