लोकसेवा पास गराइदिन्छु भन्दै एक लाख घुस !

लोकसेवा पास गराइदिन्छु भन्दै एक लाख घुस !

पोखरा : अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा.तारानाथ पौडेललाई १ लाख रुपैयाँ घुससहित समातेको छ।  

लोकसेवाको अन्तर्वार्तामा पास गराइदिन्छु भन्दै १ लाख रुपैयाँ घुस लिँदा लिँदै उनी पक्राउ परेका हुन्। 

पोखरा बुद्धचोकमा घुस लेनदेन भइरहँदा आइतबार साँझ ५ बजे पौडेल समातिएको अख्तियार पोखरा कार्यालयका प्रवक्ता रमेश ढकालले जानकारी दिए। हालै भएको लोकसेवा आयोगको अहेबको अन्तर्वार्तामा भाग लिइसकेका उम्मेदवारसँग पौडेलले घुस लिएका हुन्। 

अहेबको नतिजा निस्कन लागेको र नम्बर चढाउन बाँकी छँदै आफूले काम गरिदिने भन्दै पौडेलले एक परीक्षार्थीसँग घुस मागेको ढकालले सुनाए। पौडेल लोकसेवाले लिएको अहेबको अन्तर्वार्तामा विशेषज्ञका रुपमा अन्तर्वार्ता लिन केहीअघि गएका थिए। त्यही बेलाका एक परीक्षार्थीलाई फोन गरी पास गराइदिन्छु तर १ लाख चाहिन्छ भनेर पौडेलले सताएका थिए। 

सहसचिव पौडेल यसअघि पनि विवादास्पद पात्र हुन्। गर्भपतनले कानुनी मान्यता नपाएको बेला उनले गर्भपतन गराएको भेटिएपछि उनी जेलै परेका थिए। पौडेल अनिवार्य अवकासमा जान २ वर्ष बाँकी छ। 

असोज २४ गते उच्च सरकारी वकिल कार्यालयका सहन्याधिवक्ता सुरेन्द्रबहादुर थापालाई अख्तियार पोखराका कर्मचारीले ५ लाख रुपैयाँसहित पक्राउ गरेका थिए। त्यसको ३ दिनअघि मालपोतका २ कर्मचारी घुससहित समातिएका थिए। 
   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.