राइनासलाई भलिबल कपको उपाधि
बेसीशहर : लमजुङ सदरमुकाम बेसीशहरमा सम्पन्न पहिलो पालिका स्तरिय भलिबल प्रतियोगिताको उपाधि राइनास नगरपालिकाले जितेको छ।
आइतबार भएको फाइनल खेलमा मध्यनेपाल नगरपालिकालाई तीन सेटमा हराउँदै राइनास नगरपालिकाले उपाधि जितेको हो। प्रतियोगिता जितेसँगै राइनासले ट्रफिसँगै नगद ५० हजार, मेडल र प्रमाणपत्र पाएको छ। उपविजेता मध्यनेपालले नगद २५ हजार, मेडल र प्रमाणपत्र पाएको छ।
आठ स्थानीय तहले भाग लिएको प्रतियोगितामा मस्र्याङ्दी गाउँपालिका र दोर्दी गाउँपालिकाले सान्त्वना पुरस्कार स्वरुप नगद १०-१० हजार र प्रमाणपत्र पाए।
मस्र्याङ्दी गाउँपालिकाले अनुसासित टिमको पुरस्कार पायो। दोर्दी गाउँपालिका टिमका सुदीप परियार सर्वोकृष्ट खेलाडी बन्न सफल भए भने राइनासका सरोज कुमालले उत्कृष्ट स्पाइगरको पुरस्कार पाए। मध्यनेपालका सुशील कुमालले उत्कृष्ट लिफ्टरको पुरस्कार पाए।
उत्कृष्ट खेलाडीलाई ओम डेभलपमेन्ट बैंकले नगद २-२ हजार पुरस्कार दियो भने सर्वोकृष्ट खेलाडी सुदीपलाई ज्योति लाइफ इन्सुरेन्सले ५ लाखको जीवन बिमा गर्ने घोषणा गर्यो।
विजेतालाई बेसीशशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, जिल्ला भलिवल संघ लमजुङका अध्यक्ष दिवाकर बराल, जिल्ला खेलकुँद विकास समितिका अध्यक्ष गोविन्द बस्नेतलगायतले पुरस्कार वितरण गरे।