बदनामी ढाक्न 'नयाँ युग'

बदनामी ढाक्न 'नयाँ युग'

काठमाडौं : कांग्रेसले सरकारले ल्याएको ‘योगदानमा आधारित सामाजिक सुरक्षा’ कार्यक्रमको प्रचार शैली भड्किलो भएको आरोप लगाएको छ। कांग्रेस नेताले केन्द्रीय समिति बैठकका अवसरमा आइतबार कार्यक्रम सकारात्मक भए पनि सरकारले बदनामी छोप्न ‘नयाँ युुग’को संज्ञा दिएर देखावटी प्रचार मात्रै गरेको प्रतिक्रिया दिए।

‘ऐन कांग्रेस नेतृत्वको सरकारका पालामा ०७४ साउन ९ गते संसद्मा प्रस्तुत भई संसद्ले पारित गरेर साउन २९ मा राष्ट्रपतिबाट प्रमाणित भइसकेको हो’, पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘त्यसैले नयाँ युगको संज्ञा केवल सरकारको बढ्दो बदनामी छोप्न खोज्ने पातलो पछ्यौरी मात्रै हो भन्ने हाम्रो निष्कर्ष छ।’

मंसिर ११ गते सरकारका तर्फबाट आफ्नै नयाँ कार्यक्रमझैं  प्रधानमन्त्री केपी ओलीको तस्बिर सहरभर सजाएर पार्टीगत प्रचार गर्ने शैलीमा प्रस्तुत गरिएको कांग्रेसको दाबी छ। ‘यसको सफलता भड्किलो शैलीको झुटो प्रचारले होइन, परिपक्व र जिम्मेवार ढंगको व्यवस्थापकीय कुशलताबाट सम्भव हुने व्यावहारिक यथार्थप्रति हामी सरकारलाई सचेत गराउछौं’, कांग्रेसद्वारा पारित प्रस्तावमा भनिएको छ, ‘पार्टीगत चुनावी प्रचारमा जस्तै गरेर प्रमको तस्बिरलाई ‘चौतारीमा राजा भेटिए’ शैलीमा यत्रतत्र टाँस्नुले नयाँ युग होइन, पुरानो युगको सम्झना गरायो।’

सामाजिक सुरक्षा कार्यान्वयन हुनेमा कांग्रेसले शंका व्यक्त गरेको छ।

‘निर्मला पन्तलाई न्याय चाहियो’ भनेर उनको तस्बिरसहितको पोस्टर टाँसिदा च्यातिनुपर्ने र नागरिक गिरफ्तार हुनुपर्ने ? भनेर कांग्रेसले प्रश्नसमेत गरेको छ। सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले स्पाइनल इन्जुरी भएर ह्विलचियरमा बसेका, किड्नी, क्यान्सर र मुटु रोगका अशक्त बिरामीलाई मासिक ५ हजार जीविकोपार्जन भत्ता दिने निर्णय खारेज गरेर सरकारले सामाजिक सुरक्षा कार्यान्वयन गर्नेमा कांग्रेसले शंका गरेको छ।

कांग्रेसले एसिया प्यासिफिक सम्मेलनमा सरकारको संलग्नता संविधानविपरीत भएको आरोप लगाएको छ। खास धार्मिक आस्थामा आधारित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आयोजनामा भएको सम्मेलनमा सरकार सहभागी हुनु आपत्तिजनक भएको प्रवक्ता शर्माले बताए। ‘सरकार आयोजकको भूमिकामा संलग्न हुनु र राज्यको व्यापक बजेट र साधन प्रयोग हुनु संविधानको मर्म र भावनाविपरीत रहेको हाम्रो निष्कर्ष छ,’ कांग्रेसले भनेको छ, ‘सरकारको यस्तो संलग्नता र साधनस्रोत दुरुपयोगको पार्टीले घोर भत्र्सना गर्दछ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.