कैलालीमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

कैलालीमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

टीकापुर : कैलालीको टीकापुर नगरपालिकामा छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। गएराति टीकापुर नगरपालिका वडा नं. ७ खैरीपुरमा मोटरसाइकल र डन्लप ठोक्किँदा दुईजनाको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार खैरीपुरमा भएको दुर्घटनामा टीकापुर नगरपालिका वडा नं. ७ बैदीका ३७ वर्षीय जिवानन्द कोइराला र २८ वर्षीय विष्णु रिमालको मृत्यु भएको छ।  दुर्घटनामा १८ वर्षीय पवन पाण्डे घाइते भएका छन्। उनको कोहलपुरमा उपचार भइरहेको छ।  

यता टीकापुर नगरपालिका वडा नं. २ बन्दीपुरमा रोकेर राखेको ट्याक्टरको ट्रलीमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा टीकापुर नगरपालिका वडा नं. ४ का २४ वर्षीय आशिष चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।  चौधरीको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको हो। दुर्घटनमा २३ वर्षीय महेन्द्र चौधरी घाइते भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.