लाङटाङ निकुञ्जमा पर्यटक बढे, ७० लाख राजस्व संकलन

लाङटाङ निकुञ्जमा पर्यटक बढे, ७० लाख राजस्व संकलन

विदुर : रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्यटक आगमनसँगै राजस्व पनि बढेको छ। पर्यटकीय मौसम सुरु भएसँगैै लाङटाङमा पर्यटकको चहलपहल बढ्दा निकुञ्जले भ्रमणमा आएका पर्यटकबाट ७० लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

लाङटाङ र गोसाइँकुण्डमा व्यासायिक गतिविधि, पर्यटकको आगमन बढेसँगै बढिरहेको स्थानीय होटेल व्यवसायीले जनाएका छन्। हिमाली क्षेत्रको मौसम सफा हँुदै गएकाले हिमशृङ्खला, वन, वनस्पति, वन्यजन्तु अवलोकनका लागि सहज भइरहेको आन्तरिक तथा वाह्य पर्यटक बताउँछन्।

लाङटाङमा हाल वाह्यभन्दा आन्तरिक पर्यटक आगमन बढेको लाङटाङका पर्यटन व्यवसायी बताउँछन्। लाङटाङ रसुवाको सदरमुकाम धुन्चेबाट दुई दिनको पैदल यात्रापछि पुगिने मनोरम हिमालीस्थल हो। हेमन्त ऋतुसँगै पर्यटक आउने क्रम बढेको र हजारौं पर्यटक धुन्चेबाट लाङटाङ राष्ट्रिय निकुञ्ज प्रवेश गरेको निकुञ्जले जनाएको छ। निकुन्ज कार्यालयका अनुसार निकुन्जमा हाल दैनिक दुई सयभन्दा बढी पर्यटक आइरहेका छन्।

नुवाकोट हुँदै रसुवा प्रवेश गर्नेमा इजरायली बढी आउने गरेका छन्। फ्रान्स, जर्मन, स्पेन, रसिया, डेनमार्क, अमेरिकालगायतका देशका पर्यटक पनि आउने गरेका निकुञ्जको अभिलेखबाट जानकारी भएको छ। गोसाइँकुण्डमा ४७ र लाङटाङ पदमार्गमा सयभन्दा बढी होटेल सञ्चालित भएका कारण आगन्तुक पर्यटकलाई खानबस्न सहज भएको छ।

लाङटाङ राष्ट्रिय निकुञ्जमा गत कात्तिकमा चार हजार सात सय ९८ पर्यटक पुगेका छन्। यसमध्ये दुई हजार आठ सय ८० विदेशी, सार्क राष्ट्रका ५५, एक हजार तीन सय ४९ नेपाली र पाँच सय १४ भरिया निकुञ्ज प्रवेश गरेका हुन्। कात्तिकमा पाँचवटा विदेशी समूह क्याम्पेनिङका रूपमा लाङटाङ पुगेका छन्। निकुञ्जमा आउने नेपाली, विदेशी, सार्क राष्ट्रका पर्यटक, भरिया र क्याम्पेनिङमा आउनेलाई छुट्टाछुट्टै शुल्क निर्धारण गरिएको छ।

विदेशीलाई तीन हजार, सार्क राष्ट्रका पर्यटकलाई एक हजार पाँच सय, क्याम्पेनिङमा आउनेलाई एक हजार पाँच सय, नेपालीलाई एक सय र भरियालाई २५ रुपैयाँ शुल्क लाग्छ। यसैगरी होटलबाट एक लाख ३१ हजार ६ सय ७९, वन पैदावरबाट नौ हजार एक सय ८८ र जरिवानाबाट ६ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.