संवैधानिक परिषद् बैठक : प्रधानन्यायाधीशमा जबरा वा जोशी को होलान् सिफारिस ?
काठमाडौं : भावी प्रधानन्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले पठाएका नामबारे छलफल गर्न अहिले संवैधानिक परिषद्को बैठक बसिरहेको छ। बैठक बिहान साढे ११ बजेदेखि सिंहदरबारमा बसिरहेको हो।
बैठकले यअसघि न्यायपरिषद्ले प्रधान न्यायाधीशमा सिफारिस गर्नका लागि नाम पठाएका न्यायाधीशहरू चोलेन्द्र शम्शेर जबरा र दीपकराज जोशीमध्ये एकजनालाई नियुक्तिका लागि सिफारिस गर्नेछ।
सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधान न्यायाधीशको पदमा नियुक्ति हुन योग्य हुने नेपालको संविधानको धारा १२९ उपधारा ३ मा व्यवस्था छ।
नेपालको संविधानको धारा २८४ मा संविधान बमोजिम प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्रीको प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहेको संवैधानिक परिषद् रहने व्यवस्था छ।
संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गरेपछि संसदीय सुनुवाई विशेष समितिमा सनुवाई हुन्छ। त्यसपछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ।