देउवाले समय मागेपछि संवैधानिक परिषद् बैठक स्थगित

देउवाले समय मागेपछि संवैधानिक परिषद् बैठक स्थगित

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समय मागेपछि संवैधानिक परिषद् बैठक स्थगित भएको छ। बिहान सिंहदरबारमा साढे ११ बजेदेखि सुरु हुने भनिएको बैठक देउवाले समय मागेपछि स्थगित भएको हो।

बैठकमा भावी प्रधानन्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले पठाएका नामबारे छलफल गर्ने कार्यसूचि थियो।

न्यायपरिषद्ले यअसघि प्रधानन्यायाधीशमा सिफारिस गरेका न्यायाधीशहरू चोलेन्द्र शम्शेर जबरा र दीपकराज जोशीमध्ये एकजना प्रधानन्यायाधीश नियुक्तिको लागि सिफारिसमा पर्नेछन्।

सर्वोच्चमा तीन वर्ष स्थायी न्यायाधीश भएको व्यक्तिमात्र प्रधानन्यायधीश हुन पाउने संवैधानिक व्यवस्था छ।

नेपालको संविधानको धारा २८४ मा संविधान बमोजिम प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्रीको प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहेको संवैधानिक परिषद् रहने व्यवस्था छ।

संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गरेपछि संसदीय सुनुवाई विशेष समितिमा सनुवाई हुन्छ। त्यसपछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.