निर्मलाका लागि न्याय माग्दै तरुण दलले बुझायो ज्ञापनपत्र

निर्मलाका लागि न्याय माग्दै तरुण दलले बुझायो ज्ञापनपत्र

काठमाडाैं : बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तका हत्यारा पत्ता लगाउन दबाब दिँदै कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।तरुण दल केन्द्रीय प्रतिनिधि कटकबहादुर शाही लगायत युवाहरुको समूहले निर्मलाका लागि न्याय भन्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा बलात्कार र हत्याको घटनामा संलग्न अपराधीलाई सार्वजानिक गरी कानुनी कारवाही गर्न माग गरिएको छ ।

भ्रष्टाचार, सिन्डिकेट, बलात्कार, असरक्षा लगायत अनियमितता रोक्नुपर्ने भन्दै तरुण दलका युवाहरुले ज्ञापनपत्रमार्फत प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । मुलुकमा बढ्दै गएको हत्या, हिंसा, बलात्कार, अराजकता र दण्डहिनतालाई राज्यले नै प्रश्रय दिएको उनीहरुको आरोप छ । साथै यस्तै अवस्था रहिरहे आफूहरु आन्दोलनको अर्को चरणमा जाने पनि उनीहरुले चेतावनी दिएका छन् । 

यसै क्रममा मोरङमा पनि नेपाल तरुण दलले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको समाचार हाम्रा सहकर्मी किशोर बुढाथोकीले पठाएका छन्। सरकारका पछिल्ला गतिविधि र कारवाहीको विरोध गर्दै तरुण दलले ज्ञापनपत्र बुझाएको हो । सरकारका काम कारवाहीप्रति आफूहरुको असन्तुष्टि रहेको ज्ञापनपत्रमा उल्लेख छ । मुलुकमा हत्या, हिंसा, बलत्कार, भ्रष्टाचार र महँगी बढिरहँदा पनि सरकार चुप लागेर बसेको भन्दै विरोधस्वरुप ज्ञापनपत्र बुझाइएको तरुण दलका जिल्ला अध्यक्ष प्रभाकर थापा ‘संजय’ ले बताए ।

समस्या समाधानका लागि अग्रसर नभए आन्दोलनको सामना गर्न सरकार तयार हुनुपर्ने भन्दै ज्ञापनपत्रमा चेतावनी पनि दिइएको छ । प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले ज्ञापनपत्र सम्बन्धित ठाउँमा पुर्‍याउने र उठाइएका मुद्दा सम्बोधनका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।

यसैगरी भैरहवाबाट हाम्रा सहकर्मी सलमान खानका अनुसार भैरहवामा पनि प्रदर्शन भएको छ। गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गर्दै भैरहवामा प्रर्दशन गरेको छ। दलले घटनाको चार महिना बितिसक्दा समेत गृहमन्त्रीले अपराधीलाई कानुनी कठघरामा उभ्याउन नसकेको भन्दै राजीनामा माग गरेका हो।

केपी ओली नेतृत्वको सरकारले निर्मला पन्तको हत्याराको पहिचान गरिसकेपनि कारवाही नगरी सरंक्षण गरेको आरोप आरोप लगाएको छ।सोमबार तरुण दलले रुपन्देहीले निर्मलाको हत्यारालाई कारवाही नगरेको, वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको लगायतको विरोधमा भैरहवामा प्रदर्शन गरको हो।

साथै दलले यी विषयहरुमा जिल्ला प्रशसान कार्यालयमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको छ । प्रदर्शनमा निर्मलाको हत्यारालाई कारवाही गर, गृहमन्त्री राजीनामा दे, वाइडबडी विमान खरिदमा भ्रष्टाचार गर्नेलाई कारवाही गर, केपी तिम्रो नाराले दुःख पाए साराले, मूल्यवृद्धि फिर्ता गर लगायतका सरकार विरुद्ध नारा लगाएका थिए ।

ज्ञापन पत्र बुझाएपश्चात कोणसभालाई सम्बोधन गर्दै रुपन्देही तरुण दलका जिल्ला अध्यक्ष सोमबहादुर (सेते) गुरुङले निर्मला पन्तको घटनाको चार महिना बितिसक्दा समेत सरकारले अपराधीलाई पक्राउ नगरी संरक्षण गरेको आरोप लगाए।

उनले सरकारले अपराधीलाई पक्राउ गर्न नसके तरुण दललाई जिम्मा दिएमा २४ घण्टा भित्र अपराधीलाई सार्वजनिक गरिदिने दावी गरे । निर्मलाको हत्यारालाई पक्राउ नगरे मुलुकमा सरकार छैन भन्नुपर्यो , सरकार छ भने हत्यारालाई पक्राउ गरी कारवाही गर्नुपर्यो उनले भने यदि सरकारले पक्राउ नै गर्न सक्दैन भने तरुण दललाई जिम्मा देओस २४ घण्टा भित्र अपराधीलाई सार्वजनिक गरिदिन्छौँ।

उनले प्रधानमन्त्री केपी ओलीले मुलुकका सबै चेलीबेटीहरुलाई आफ्नै चेलीबेटी सम्झिएर अपराधीलाई तत्काल पक्राउ गरी कारवाही गर्न आग्रह गरे । उनले राज्यको ढुकुटीबाट वाइडबडी विमान खरिदमा अर्बौ रुपैयाँ भएको भ्रष्टाचार सरकारको नभई आमनागरिकको खुन पसिनाको रकम भएको बताउँदै भ्रष्टाचार गर्नेलाई कारवाही गर्न माग गरे।

मुलुक धर्म निरपेक्षतामा गइसकेको अवस्थामा प्रधानमन्त्री ओलीले क्रिश्चियन धर्मको प्रचार गरेको उनले आरोप लगाए। उनले एक विवादित अन्तराष्ट्रिय गैर सरकारी संस्थाले क्रिश्चियन धर्मको प्रचारका लागि आयोजना गरेकोमा कार्यक्रममा सरकार आयोजक भएर ३ करोड बढी नेपालीको भावनासगँ खेलवाड गरेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.