‘मालपोत र नापी सुधारमा अदालत बाधक’

‘मालपोत र नापी सुधारमा अदालत बाधक’

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापीमा सुधार गर्न खोज्दा अदालतले रोकेको गुनासो गरेकी छन् । ‘केही गर्न खोज्यो अदालतले रोकिदिन्छ’, उनले भनिन्, ‘राजपत्रमा प्रकाशित निर्णयमा पनि अदालतले रोकिदियो ।’

मन्त्री भएलगत्तै उनले मालपोत र नापीमा विचौलियाको प्रवेशलाई रोक लगाउने घोषणा गरेकी थिइन् । मालपोतमा लिखतको सट्टा नयाँ सरलीकृत ‘ए फोर साइज’ को लिखत फारम प्रयोगमा ल्याइरहेको छ । फारम भर्न विचौलिया नचाहिने गरी सहज भएको थियो । दुवै निर्णय अदालतले रोकिदिएको छ । उच्च अदालतले समेत विचौलिया प्रवेश रोक गर्ने निर्णय उल्ट्याएको उनले बताइन् । मन्त्रालयमा पत्रकार सम्मेलन गरी मालपोत र नापीका विकृति, विसंगति र भ्रष्टाचार नीतिगत व्यवस्था गरेर हटाउने प्रतिवद्धता जनाएकी छन् । उनले हालसम्म ४४ वटा मालपोत कार्यालयबाट अनलाइन सेवा प्रवाह प्रभावकारी बनाउने बताइन् । ‘अनलाइनबाट पनि किन ढिलो भयो, ढिलो हुनेको कारण के, सीपयुक्त कर्मचारी नभएको भए, तालिम दिएर योग्य बनाउँछौं’, उनले भनिन् ।

सुकुमवासी समस्या समाधान आयोगको सट्टामा शक्तिशाली व्यवस्थित बसोबास आयोग गठन गर्ने तयारी भइरहेको उनले जानकारी दिइन् । उनले सुकुमवासी अयोगले जस्तो प्रतिवेदन तयार पारेर थन्क्याउने मात्र नगरी पुर्जासमेत वितरण गर्न सक्ने शक्तिशाली आयोग गठन गर्ने बताइन् । भूमि उपयोग ऐन तर्जुमा भई मन्त्रिपरिषद्को विधेयक समितिमा छलफलको क्रममा रहेको उनको भनाइ छ । उनका अनुसार गुठी संस्थानलाई प्राधिकरण बनाउने गरी मस्यौदा तयार भइरहेको छ ।

सहकारी नियमावली पनि दुई महिनादेखि कानुन मन्त्रालयमा रहेको उनले जानकारी दिइन् ।

गरिबी परिचय पत्र, राष्ट्रिय परिचय पत्र एकीकृत रूपमा वितरण गर्ने तयारी भइरहेको उनले जनाइन् । उनका अनुसार, गरिबी निवारण कोष पनि अब भूमि व्यवस्था मन्त्रालयको मातहतमा आउनेछ । कित्ताकाट सम्बन्धी समस्या समाधानका लागि प्रयास भइरहको बताइन् । ‘कित्ताकाटका नाममा भ्रष्टाचार संस्थागत भएको छ । ५ देखि १० लाखको बार्गेनिङको कुरा आएको छ’, उनले कित्ताकाटमा ठूलो अनियमिता भइरहेको खुलासा गरिन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.