निर्मलाका हत्यारालाई हामी कारबाही गर्छौँ : प्रकाण्ड

निर्मलाका हत्यारालाई हामी कारबाही गर्छौँ : प्रकाण्ड

कालिकोट  :  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ गृहजिल्ला आइपुगेका छन्। 

विप्लवको पार्टीका स्थायी कमिटि सदस्य प्रकाण्डलाई स्थानीय नेता तथा कार्यकर्ताले मंगलबार जिल्ला सदरमुकाम मान्ममा स्वागत गरे।  प्रकाण्ड पार्टीले बुधबार मान्ममा गर्न लागेको जनसभामा सहभागी हुने गृहजिल्ला आएका हुन्। स्वागत कार्यक्रममा पत्रकारले राखेको जिज्ञाशाको जवाफ दिँदै मुलुक जटिल मोडमा रहेको बताए। 

निर्मलाका हत्यारालाई हामी कारबाही गर्छौँ 

प्रकाण्डले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारी र हत्यारालाई केही दिनमै आफूहरुले बाहिर ल्याएर कारबाही गर्ने बताएका छन्। 

निर्मलाको घटना राज्यको पहुँच भन्दा बाहिरको नभएको बताउँदै सरकारले चार महिनासम्म एउटा अपराधिक घटनाको दोषीलाई कारबाही गर्न नसकेकोप्रति प्रश्न गरे। उनले अपराधीलाइई सरकारले नै संरक्षण गरेको दाबीसमेत गरे। 

उनले निर्मलाका बलात्कारी र हत्यारालाई सरकारले अब पनि कारबाही गर्न नसक्ने बताउँदै केही समय अगाडि चर्चामा आएको सुन काण्डजस्तै निर्मलाको घटना पनि त्यसै गरी मिलाउने प्रयास भइरहेको आरोप लगाए।
 
‘निर्मला नेपाली एक छोरी हो। घटनाको वास्तविकता बाहिर नआउनु राज्यकै अपमान हो’, उनले भने, ‘जुन कुरा सरकारले गर्न सकेन। अब हामी गरेर देखाउछौँ।’

निर्मलाको परिवारलाई न्याय दिनका लागि आफूहरुले पहल सुरु गरिसकेको उनको दाबी छ।  निर्मला हत्या प्रकरण सम्पूर्ण नेपाली चेलीको अस्तित्वसँग जोडिएको बताउँदै उनले राज्यले संरक्षण गरेका चेलीको अस्मिता लुट्ने गुण्डालाई आफूहरुले तह लगाउने दाबी गरे।  

धर्म प्रचारकको सम्मेलनमा प्रधानमन्त्री सहभागी हुनु गलत
प्रकाण्डले धर्म प्रचारक संस्थाको आयोजनामा राजधानीमा भएको एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी शर्मा ओली नै सहभागी हुनु गलत भएको बताए।

‘विवादस्पद र शंकास्पद’ एक गैरसरकारी कोरियाली संस्थाले राज्यलाई कमजोर सावित गर्दै आफ्नो प्रभाव नेपालमा देखाउने गरी आयोजना गरेको सम्मेलनमा सहभागी भएर एक लाख डलर सम्मान थाप्नु नेपाल र नेपालीको अपमान भएको उनको भनाइ छ।

कालिकोटमा सुरक्षा व्यवस्था कडा

 बुधबार हुन लागेको विप्लवको पार्टीको आमसभालाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ। जिल्ला प्रहरी कार्यालय र शसस्त्र प्रहरीको गुल्म कालिकोटले छुट्टा–छुट्टै हतियारसहितका गस्ती परिचालन गरेको छ। 

प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले विप्लवको आमसभालाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त दुरुस्त पारिएको बताए। उनले जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य रहेको जानकारी दिए। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.