चार दिनमै सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ : कर्ण

चार दिनमै सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ : कर्ण

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता लक्ष्मणलाल कर्णले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन्। 

मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा बोल्दै नेता कर्णले अबको चार दिनपछि नै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन्। 

‘अब यो सरकारलाई समर्थन जारी राख्नुपर्ने कुनै औचित्य छैन। पार्टीको आगामी बैठकले समर्थन फिर्ता लिने निर्णय लिन्छ’, नेता कर्णले भने, ‘हामीले संविधान संशोधन र आन्दोलनका बेला हाम्रा नेता तथा कार्यकर्तालाई लगाएको मुद्दा फिर्ता गराउनको लागि यो सरकारलाई समर्थन दिएको हो। अहिलेसम्म केही उपलब्धि भएन। अब समर्थन गर्नुको औचित्य छैन।’ 

कर्णले सरकार पूर्ण असफल भएको बताए। ‘सरकारले कुनै पनि गतिलो काम गर्न सकेको छैन। ‘स्थानीय सरकारमा अहिले विकास रकमको चरम दुरुपयोग भएको छ’, उनले भने, ‘वास्तवमा भन्ने हो भने यो सरकारले राम्रो काम केही पनि गर्न सकेको छैन्।’ 

निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण आजपनि चर्चित नै रहेको भन्दै उनले सरकारको कामप्रति आपत्ति जनाए। चार महिनासम्म अपराधी पत्ता नलागेकोप्रति उनले सुरक्षा निकायमाथि प्रश्न गरे। 

देशको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र र सेना भए पनि जनताले सुरक्षा नपाएको उनको भनाइ छ। सँगै उनले प्रधानमन्त्री ओली क्रिश्चियन धर्म प्रचार गर्नमा लागि परेको आरोपसमेत लागाए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.