महानगरको छड्केमा ४५ जना गयल

महानगरको छड्केमा ४५ जना गयल

काठमाडौं : काठमाडौं महानगरपालिका वडा कार्यालयहरूका कर्मचारीविरुद्ध गुनासो बढेपछि महानगरले ३२ वटै वडामा छड्के गरेको छ। सोमबार महानगरपालिकाका सहसचिव डा.टोकराज पाण्डेको नेतृत्वमा गएको छड्के टोलीले ३ सय १० कर्मचारीमध्ये ४५ जना अनुपस्थित पाएको थियो। छड्केमा निर्देशकदेखि नासुसम्म कार्यालयमा नभेटेपछि स्पष्टीकरण सोधिएको छ।

छड्के टोली पुग्दा महानगरपालिकाका अनुसार सामाजिक विकास विभाग प्रमुख सनतकुमार थापा अनुपस्थित थिए। उनी दैनिक १२ बजेपछि मात्र कार्यालय आउने गरेको गुनासो उनकै विभागका कर्मचारी र सेवाग्राहीले गरेका थिए। २ वर्ष तलब ग्रेड रोक्कामा परेका ४ जना भने कार्यालयमा कसैलाई जानकारी नदिई अनुपस्थितसँगै काममा लापरवाही गरेको जानकारी पाएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले दिए। उनका अनुसार कर्मचारीलाई अनुशासित, जिम्मेवार र जवाफदेही बनाउन छड्के गरिएको हो।

‘कुनै पनि कर्मचारीले कार्यालयको काम छाडेर गैरजिम्मेवारीपूर्वक आफूखुसी गर्न पाइँदैन, विभागीय कारवाहीको भागीदार हुन्छन्’, कार्कीले भने, ‘बेलाबेला छड्के गर्दा कर्मचारी जिम्मेवार बन्छन्।’ यसअघि गत कात्तिक २८ गते महानगरले गरेको छड्केमा ३ सय २२ कर्मचारीमध्ये ६९ जना छड्केमा परेका थिए।

यसैबीच पूर्वाधार विकास विभागका तत्कालीन प्रमुख निर्देशक उत्तरकुमार रेग्मीलाई महानगरपालिकाले हाजिरी गर्न रोक लगाएको छ। उनी मातहत निकायलाई जानकारी नदिई लामो समय बिदामा बसेपछि हाजिरीमा रोक लगाइएको हो। रानीपोखरी पुनर्निर्माण गर्ने भन्दै भत्काएर अलपत्र छाडेर रेग्मी अनुपस्थित थिए। प्रवक्ता कार्कीका अनुसार अब उनीसँग स्पष्टीकरण सोधेर मात्र अन्य काम गर्न दिइन्छ।

कस्लाई के कारबाही

निर्देशक सनतकुमार थापा – स्पष्टीकरण

शाखा अधिकृत बुद्धि प्रसाद महर्जन – स्पष्टीकरण

शाखा अधिकृत मोतिराज खनाल – स्पष्टीकरण

शाखा अधिकृत रक्की रिमाल – स्पष्टीकरण

इलेक्ट्रिसियन मुरारी खड्का – स्पष्टीकरण

पत्रकार विक्रम पाण्डे – स्पष्टीकरण

प्राविधिक सहायक लक्ष्मी अधिकारी – स्पष्टीकरण

नासु पूर्णनारायण महर्जन – स्पष्टीकरण

नासु निर्मला श्रेष्ठ – स्पष्टीकरण

लेखा अधिकृत मचाराजा महर्जन – स्पष्टीकरण

लेखापाल तिलक लामिछाने – स्पष्टीकरण

कार्यालय सहायक दीपकराम तुलाधर – स्पष्टीकरण

कार्यालय सहायक लालबहादुर बस्नेत– स्पष्टीकरण

इलेक्ट्रिसियन जगत बस्नेत – स्पष्टीकरण

नासु प्रद्युम्न लामा – दुई ग्रेड तलब रोक्का

इन्जिनियर हेमन्त चौरसिया – दुई ग्रेड तलब रोक्का

नासु कृष्णगोपाल प्रधान – दुई ग्रेड तलब रोक्का

नासु दिनेश सिवाकोटी – दुई ग्रेड तलब रोक्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.