तीन वर्ष पनि टिकेन हुलाकी सडक

तीन वर्ष पनि टिकेन हुलाकी सडक

टीकापुर : पूर्वपश्चिम राजमार्गसँग जोडिएको लम्की–टीकापुर–खक्रौला हुलाकी सडकको अवस्था जिर्ण बन्दै गएको छ ।

भारत सरकारको आर्थिक सहयोगमा कालोपत्रे भएको लम्की–टीकापुर–खक्रौला सडक लम्कीदेखि खक्रौलासम्मको २७.६ किलोमिटर सम्बन्धित निकायले चासो नदेखाउँदा जिर्ण बन्दै गएको हो ।

भारतीय निर्माण कम्पनी जिआर गाभरले ३४ करोड रुपैयाँमा निर्माण गरेको उक्त सडक निर्माणमा राईट्स लिमिटेडले परामर्शदाताको रुपमा काम गरेको थियो ।कालोपत्रे भएपछि समेत परामर्शदाता कम्पनीले सडक मापदण्ड अनुसार कालोपत्रे नभएको भन्दै केही स्थानमा भत्काउन लगाएको थियो । सोही क्रममा टीकापुर बजार क्षेत्रमा रहेको झण्डै चार किलोमिटर कालोपत्रे भत्काइयो ।

हुलाकी सडकलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने उद्देश्यले सडक कालोपत्रे भए पनि सडक केही महिनामै भत्किन थालेको थियो । अहिले सडकको बीचमै ठूल्ठूला खाल्डा परेपछि स्थानीयलाई हिँड्न मुस्किल छ । यतिसम्म कि वर्षाको पानी जमेपछि सडकमा यातायात साधन नै चल्न सक्दैनन् ।

लम्कीदेखि टीकापुर हुँदै भारतीय सीमानाका खक्रौलासम्मको सडकको अवस्था दिनप्रति दिन बिग्रँदै गएपछि स्थानीयले गुनासो गर्न थालेका छन् । मर्मत सम्भारमा सम्बन्धित निकायले ध्यान नदिएको भन्दै स्थानीयहरु आक्रोशित बनेका हुन् । स्थानीय सरकारले पनि सडक मर्मतमा कुनै चासो नदिएको उनीहरुको गुनासो छ ।

बढी बिग्रिएको १४ किमि
लम्कीदेखि टीकापुरसम्मको १४ किलोसिमटर सडकखण्ड बढी बिग्रिएको छ । यहाँका अधिकांश ठाउँमा खाल्डा छन् । लम्की नजिकैको अमौरी क्षेत्रको सडकमा त खाल्डैखाल्डा छन् ।

कालोपत्रे निर्माण भएको तीन वर्ष नबित्दै सडकमा ठूला ठूला खाल्डा परेपछि स्थानीयले गुनासो गर्न थालेका हुन् । ‘सडकभरी खाल्डैखाल्डा छ, हिँड्न सक्ने अवस्था छैन,’ जानकी गाउँपालिका अमौराका स्थानीय पतिराम चौधरीले भने, ‘पानी परेको दिन त सवारी साधन खाल्डामा फस्ने गरेका छन् ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.