नेविसंघ इकाई अध्यक्ष र उपाध्यक्षसहित चारविरुद्ध बलात्कार मुद्दा

नेविसंघ इकाई अध्यक्ष र उपाध्यक्षसहित चारविरुद्ध बलात्कार मुद्दा

नुवाकोट : नेविसंघ क्याम्पस इकाईका पूर्व अध्यक्ष र उपाध्यक्षसहित चारविरुद्ध जिल्ला अदालत नुवाकोटमा मुद्दा दर्ता भएको छ। विदुर नगरपालिका-४ का बादलमान श्रेष्ठ र सोही ठाउँ बस्दै आएका रवीन थापा तथा सुर्खेत भेरीगङ्गा नगरपालिका-१२ का निर्मल विश्वकर्मा र नुवाकोट लिखु गाउँपालिका-४ चौघडाका विकास प्याकुरेलविरूद्ध मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक बसन्तवहादुर कुँवरले जानकारी दिए।

मुद्धा दायर गरिएका श्रेष्ठ नुवाकोट आदर्श बहुमुखी नेविसंघका पूर्वइकाई अध्यक्ष तथा थापा नुवाकोट आदर्श बहुमुखी क्याम्पस नेविसंघका इकाइ उपाध्यक्ष तथा नेविसंघ नुवाकोटका जिल्ला सदस्य रहेको जनाइएको छ।प्रहरीले चारैजनालाई तीनसाता अगाडी पक्राउ गरेको जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयले कार्तिको अन्तिम साता पक्राउ गरेका युवालाई लामो अनुसन्धानपछि बालिका बलात्कारको अभियोगमा अनुसन्धान पूरा गरेपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दर्ता गरेको हो।

मुद्धा दर्तासँगै अदालतमा छुनछेकको बहस सुरू भएको छ। मुद्दा दर्ता गरिएका चारैजनालाई मानव बेचबिखन तथा ओसारपसार अभियोगको समेत मुद्धा लगाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए।

कात्तिक तेस्रो साता नुवाकोटका पाँच किशोरीलाई भारततर्फ लैजाने क्रममा राति बट्टारस्थित एक होटलमा राखेर त्यहाँ बलात्कार गरेको अनुसन्धानका क्रममा खुल्न आएको नुवाकोट प्रहरीले जनाएको छ।

गत कात्तिक २१ गते बुधबार देउसी खेल्न हिँडेका लिखु गाउँपालिकाका १३ देखि १६ वर्ष उमेर समूहका ती किशोरीलाईे बन्धक बनाएको अवस्थामा प्रहरीले तीन दिनपछि सुर्खेतबाट उद्धार गरेको थियो।घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.