केरुङ जान सातसय बढीले लिए सीमा पास

केरुङ जान सातसय बढीले लिए सीमा पास

त्रिशूली, नुवाकोट : नेपाल-चीन प्रवेशका लागि हाल सञ्चालनमा रहेको रसुवागढी नाकाबाट चीनको केरुङ जानका लागि सात सयजना बढीले परिचय पत्र पाएका छन्। काठमाडौदेखि एकसय ५२ किलोमिटर उत्तर भोटेकोशी नदी किनारामा रहेको अध्यागमन कार्यालय रसुवागढीले चालु आर्थिक वर्षको ५ महिनामा सात सय बढीलाई सीमा पास परिचय पत्र उपलब्ध गराएको छ। 

चालु आवको गत साउनदेखि मङ्सिरको तेस्रो सातासम्म करिब सातसय रसुवाबासीलाई नेपाल-चीन सीमा क्षेत्र नजिक रहेको तिब्बतको केरूङसम्म ओहोरदोहोर गर्न पाउने परिचयपत्र प्रदान गरेको सो कार्यालयका निमित्त प्रमुख लक्ष्मीप्रसाद शर्माले जानाकरी दिए। उनका अनुसार साउनदेखि हालसम्म ७ सय २ जना रसुवाबासीले केरूङ जान पाउने सीमा परिचयपत्र प्राप्त गरेका छन्। 

तिमध्ये बसाइँ सरी आउने गैररसुवालीसमेत ३०-३५ जना रहेका छन्। अन्यत्रबाट रसुवामा बसाइँ सरेर आउनेको हकमा भने जिल्लाभित्र आफ्नो स्वामित्मा जग्गा भएको जग्गाधनी प्रमाणपुर्जा, आफ्नो जग्गामा घर बनेको स्थानीय तहको सिफारिस, बसाइँ सरिआएको भन्ने स्थानीय पञ्जिकाधिकारीले दिएको दर्ता प्रमाण, घरमा विद्युत् मिटर जडान गरेको रसिद र मतदाता परिचयपत्रका आधारमा सीमा परिचयपत्र प्रदान गरिने अध्यागमन कार्यालयले बताएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.