राजदूत शेर्पाको विवादास्पद गतिविधिबारे कांग्रेसको ध्यानाकर्षण

राजदूत शेर्पाको विवादास्पद गतिविधिबारे कांग्रेसको ध्यानाकर्षण

काठमाडौं : अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको विवादास्पद गतिविधिका सम्बन्धमा नेपाली कांग्रेसले ध्यानाकर्षण भएको बताएको छ। राजदूत शेर्पा मानव तस्करीमा संलग्न रहेको सम्बन्धमा सरकार चुप लागेर बसेको आरोप उसको छ।

राजदूतकै सहयोगीले उक्त विषयमा सार्वजनिक गरेको हप्ता दिन बित्दा समेत सरकारले गम्भीरतापूर्वक अनुसन्धान नथाल्नु र मौनता राख्नुलाई दु:खद भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

कांग्रेसले घटनाबारे तत्कालै छानविन, छानविनका लागि तत्काल परराष्ट्र मन्त्रालयमा शेर्पालाई उपस्थित गराउन र दोषी ठहरिए बर्खास्त गर्ने कदम चाल्न समेत सरकारको ध्यानकर्षण गराएको छ।

'कुनै पनि देशमा प्रतिनिधत्व गर्ने राजदूत व्यक्तिगत जागिर नभइ सिंगो राष्ट्र र राष्ट्रकै छविको प्रतिनिधित्व गर्ने गरिमामय जिम्मेवारी हो। अत : राजदूतका बारेमा उठेको प्रश्नमाथि तत्कालै सत्य तथ्य निरुपण गर्ने कर्तव्य नेपाल सरकारको रहेको' कांग्रेसले प्रेस नोटमा जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.