‘भारतविरुद्ध तालिबान प्रयोग’

‘भारतविरुद्ध तालिबान प्रयोग’

वासिङटन : अमेरिकाका एक शीर्षस्थ कमान्डरले भारतविरुद्ध तालिबान प्रयाेग गरिएको बताएका छन्। मरीन कोरका लेफ्टिनेन्ट जनरल केनेथ म्याकेन्जी अमेरिकी सांसदहरूसँग बोल्दै पाकिस्तानले तालिबानलाई यस्तो प्रयोग गरेको चर्चा गरेका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान शान्तिवार्ताका लागि पाकिस्तानसँग सहयोग आह्वान गरेलगत्तै यस्तो भनाइ आएको हो। ट्रम्पले अफगान शान्तिवार्ताका लागि मंगलबार मात्र आफ्ना विशेष दूत जल्मे खलीलजादलाई पाकिस्तान पठाएका छन्। उनले १७ वर्ष लामो युद्ध अन्त्य गर्नुपर्ने र यसमा पाकिस्तानको सहयोग अत्यावश्यक भएको बताएका थिए। विशेष दूतले पाकिस्तानी राजनीतिक एवं सैनिक अधिकारीसँग भेटघाट गरिरहेका छन्। तालिबानसँगको युद्धमा २ हजार ४ सयभन्दा बढी अमेरिकी सैनिक मारिएका छन्।

तालिबानले पनि अमेरिकी नेतृत्वको सैनिक गठबन्धनलाई अफगानिस्तानबाट लखेटी आफ्नो शासन पुनः स्थापित गर्न चाहन्छ। अमेरिकी केन्द्रीय सैन्य नेतृत्वको कमान्डर पदमा नियुक्तिका लागि संसदीय सुनुवाइका क्रममा म्याकेन्जीले यस्तो खुलासा गरेका हुन्।

उनले अफगानिस्तानमा दीर्घकालीन स्थायित्वका लागि पाकिस्तान अनिवार्य तत्व भएको चर्चा गरे। यद्यपि उनले पाकिस्तानले तालिबानलाई वार्ताको टेबुलमा ल्याउन नचाहेको दाबी गरे। अफगानिस्तानमा शान्ति कायम गर्नुभन्दा भारतविरुद्ध प्रयोग गर्न पाकिस्तानले तालिबानलाई शान्तिवार्तामा आउन नदिने उनको भनाइ छ। अफगानिस्तानका लागि अमेरिकी विशेष दूत खलीलजादले पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैशीलाई मंगलबार भेटेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.