बिरामीको मृत्युपछि नोबेलमा तनाव

बिरामीको मृत्युपछि नोबेलमा तनाव

विराटनगर : उपचारका क्रममा बिरामीको मृत्यु भएपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा बुधबार आफन्तले नाराबाजी गरेका छन्। चिकित्सकको लापरवाहीले झापाको बिर्तामोड नगरपालिका–५ का ६५ वर्षीय लक्ष्मीप्रसाद शर्माको मृत्यु भएको भन्दै आक्रोसित बनेका आफन्त विरोधमा उत्रिएपछि स्थिती तनावपूर्ण बनेको हो। स्थिती नियन्त्रणमा लिन प्रहरी परिचालन गरी अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।

शर्माको मंगलबार दिउँसो निधन भएको हो। छोरा अजयका अनुसार लक्ष्मीप्रसाद उच्च रक्तचापले ढलेका थिए। उपचार गर्न बिर्ता अस्पताल लगे पनि नोबेलमा रेफर गरिएको थियो। मंसिर १ गते नोबेल अस्पताल भर्ना भएका उनलाई त्यहाँका चिकित्सकले ‘ब्रेन ह्याम्रेज’ भएको भन्दै तत्काल टाउकोको शल्यक्रिया गर्न भनेको अजयले बताए। ‘शल्यक्रियापछि ११ दिन आईसीयूमा राख्दा बुवाको स्वास्थ्यमा सुधार भएको भन्दै चिकित्सकले घर लान सुझाव दिए’, अजयले भने, ‘घर लाने तयारी गर्दै गर्दा चिकित्सकले फेरि तत्काल आईसीयूमा लगेर राख्नु पर्नेभयो भने। त्यसपछि बुवाको मृत्यु भयो।’ घर लैजान भनिएको बिरामीको अकस्मत कसरी मृत्यु भयो भन्दै यसमा चिकित्सकको लापरवाही भएको आफन्तको आरोप छ।

अस्पतालका स्वास्थ्यकर्मीले आवश्यकभन्दा बढी औषधि खरिद गर्न लगाएको र औषधि पसलले खरिदै नगरेको औषधिको बिल समेत बनाएर जबरजस्ती पैसा असुलेको समेत आफन्तले आरोप लगाएका छन्। मृतकका छोरा अजयले अस्पतालले ल्याब परीक्षण र अन्य नाममा बढी पैसा असुलेको तथा एक पटकको ल्याब परीक्षणको दोहोरो विल बनाएको दावी गरे। ‘हामी आक्रोसित बनेपछि अस्पताल प्रशासनले गल्ती स्विकार्दै माफी मागेको छ’, उनले भने, ‘उपचारमा संलग्न चिकित्सकले पनि आफ्नो कमजोरी स्वीकार गरिसकेका छन्।’

उपचारका नाममा जबरजस्ती पैसा कमाउन बिरामीलाई मृत्युको मुखमा पुर्याउने चिकित्सक र अस्पताल प्रशासनलाई कारवाहीको माग गरेका छन्। मृतकका आफन्तले शव बुझ्न नमानेपछि बुधबार अस्पताल प्रशासन र मृतकका परिवारका सदस्यबीच दुई पक्षिय बर्ता भएको थियो। मृतकका परिवारले अस्पताललाई तिर्नु पर्ने ९१ हजार रुपैयाँ मिनाहा गरिदिने र औषधि बापतको ४० हजार रुपैयाँ अस्पतालले तिरिदिने सहमती भएको अस्पतालका प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिए। सहमतिपछि बुधबार मृतकका आफन्तले शव जिम्मा लिएका छन्।

प्रशासकीय अधिकृत दाहालले उपचारमा चिकित्सकले कुनै लापरवाही नगरेको दावी गरे। ‘अस्पतालमा बिरामीको जति सक्दो राम्रो उपचार गर्ने प्रयास हुन्छ’, उनले भने, ‘कहिलेकाहीं उपचारमा बिरामीको मृत्यु भएमा त्यसलाई सिधै लापरवाहीसंग जोड्नु हुँदैन।’ दाहालले जसरी पनि बिरामीलाई सन्तुष्ट बनाउने र राम्रो उपचार गर्ने अस्पतालको नीति रहेको स्पस्ट पारे। ब्रेन ह्याम्रेज भएको बिरामीलाई अस्पतालका चिकित्सकले सम्पूर्ण शक्ति लगाएर बचाउने प्रयास गर्दा गर्दै मृत्यु भएकाले यसलाई अन्यथा लिन नहुने दाहालले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.