काभ्रेमा जन्ती बस दुर्घटना, ९ घाइते

काभ्रेमा जन्ती बस दुर्घटना, ९ घाइते

बनेपा : काभ्रेको बेथानचोक गाउँपालिका- ४ चलालगणेशस्थामा जन्ती बस पल्टिँदा ९ जना घाइते भएका छन्। बिहीबार बिहान ढुङ्गखर्कबाट खोपासी आउने क्रममा  बा  ३ ख ५३२३ नम्बरको जन्ती बोकेको बस सडकमा पल्टिँदा बसमा सवार ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यलयका डीएसपी दिपक गिरीले जानकारी दिए।

डीएसपी गिरीकाअनुसार घाइते हुनेमा बेथानचोक गाउँपालिका ३ का पेमा लामा, राजन लामा, सुजन लामा, कान्छा तामाङ्ग, वीरबहादुर तामाङ, सरिता तामाङ, अम्बर तामाङ, मानबहादुर तामाङ घाइते भएको डीएसपी गिरीले जानकारी दिए।

उनका अनुसार घाइतेको बनेपास्थित शिरमेमोरीयल अस्पतालमा उपचार भइरको छ। बसमा ५५ जना सवार रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.