पितृको संझनामा गलेश्वरमा शतबीज छर्नेको भीड

पितृको संझनामा गलेश्वरमा शतबीज छर्नेको भीड

बेनी : पश्चिमको पशुपतीनाथको रुपमा चिनिएको म्याग्दीको बेनी नगरपालीका ९ मा रहेको गलेश्वरमा शतबीज छर्नका लागि बिहीबार झक्तजनको घुइँचो लागेको। बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने चलन रहेको छ।

कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोलगायत सात थरिका बीउ छर्ने आएका भक्तजनको घुइँचो लागेको हो। यसैगरी शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि हुने गर्छन्।

गलेश्वरमा सतबिज छर्नका लागि म्याग्दीको विभिन्न गाउँका साथै पर्वत, बागलुङ, मुस्ताङ, कास्की, चितवन, स्याङ्जा, तनहुँ, रुपन्देही र राजधानी काठमाडौबाट समेत भक्तजनहरु आएका गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले बताए। 

द्वापरयुगमा सतिदेवीको गला पतन भएको मानिने गलेश्वरमा सतबीज छर्नका लागि हजारौं भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष भिमनाथ पराजुलीले जानकारी दिए।  

पूजा व्यवस्थापन र सुरक्षाका लागि प्रहरीका साथै स्वमसेवकहरु परिचालन गरिएको छ । गलेश्वरमा पुजाआजाका साथै बालाचर्तुदर्शीको अवसरमा घुम्ती ब्यापार मेला समेत लाग्ने गर्छ।

कपडा, भाँडावर्तन, काठका ठेका, डोका, नाङ्ला लगायतका सामाग्रीको किनमेल गर्नेहरुको चहलपहल बढेको कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए।    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.