चिनियाँको चमत्कार : दुबै हात गुमेपछि आफैँले बनाए फलामे हात

चिनियाँको चमत्कार : दुबै हात गुमेपछि आफैँले बनाए फलामे हात

बेइजिङ : कुनै मान्छे, जसको दुबै हात गुम्यो भने उसँग कस्तो विकल्प होला ? बाँच्नका लागि उसले गर्ने संघर्ष कस्तो हुने छ ?

सुन जिफा नामका एक चिनियाँ नागरिकको भोगाइ भने अनौठो र प्रेरणादायी छ । ४० वर्षअघि दुबै हात गुमाएका सुन अहिले ‘आइरनम्यान’को उपमाबाट चिनिन्छन् ।जसले आम मान्छे झैँ मोबाइल फोन चलाउँछन्, गहुँगो भारी बोक्छन् र आम मान्छेले पनि गर्न नसक्ने काम उनीबाट सम्भव छ ।

उत्तरी चीनको जिलिन प्रान्तमा हालै आफैँले सृजना गरेको नक्कली हातको सर्टिफिकेट पनि ग्रहण गरे उनले । यसबीचमा ६५ वर्षे सुनले हजारौं अपांगका लागि यस्ता हात आफैँले सुरु गरेको ‘वर्कसप’मा बनाएर वितरण गरिसकेका छन् ।

पूर्वसैनिक सुनले सन् १९८० मा भएको एक दुर्घटनामा आफ्ना दुबै गुमाएका थिए । जुन जीवनकै दुखद् क्षणको रुपमा ठान्छन् उनी । जब कि, खान, पिउन, कपडा लगाउन पनि आमा र श्रीमतिको सहारा लिनुपर्ने भयो उनलाई ।

दुख र पीडाले गर्दा केही पटक त आत्महत्या पनि गर्नेबारे सोचका थिए रे । तर श्रीमतिको ढाडसले गर्दा जीवन जिउनेबारेमा सोचेको बताउँछन् । बिस्तारै उनले आफ्ना हात आफैँ बनाउने उपायबारे सोच्न थाले ।
एक दिन उनले रबर जोडिएको उनको बाँकी रहेको पाखुराको सहाराले चम्चा बंग्याउन कोसिस गरे । तर केही शीप लागेन । अरु फलामका चिजविज बंग्याउने वा प्रयोग गर्ने अनेक उपाय खोज्दै थिए उनी ।

फलामको हात निर्माण नगरुन्जेल सुनले थुप्रै प्रयास गरे । अन्ततः फलामका नक्कली हात बनाएरै छोडे । सुनका छिमेकी सुन फोङ्जियनका अनुसार ‘उनका फलामे हातले धेरै काम गर्न सक्छन् । काठ चिर्न सक्छन् । घन हातैले समातेर किला ठोक्न सक्छन् ।’

उनका दुबै हात अहिले सग्लै देखिन्छन् । र आम मान्छेले झैँ नियमित काम गर्न सक्छन् । केही त अन्यले भन्दा पनि धेरै काम गर्न सक्छन् । उनले पाचौँ पटकसम्म आफ्नो हात बनाउने तरिका परिमार्जन गरेर अन्ततः यसको प्रमाणपत्र पनि ग्रहण गरिसकेका छन् । अनौठो कृत्रिम हात निर्माण गर्न सकेको भनी उनलाई हालै प्रमाणपत्र पनि दिइएको हो । सुनका नाती सुन वाङ्ग भन्छन्, ‘उनी मेरा आइरनम्यान हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.