फेसबुक मेसेन्जरमा ‘अनसेन्ड’ फिचर

फेसबुक मेसेन्जरमा ‘अनसेन्ड’ फिचर

फेसबुकले फेसबुकमा ‘अनसेन्ड’ फिचर सुरु गरेको छ। योसँगै कुनै पनि प्रयोगकर्ताले मेसेन्जरमार्फत पठाएको म्यासेज, फोटो, भिडियो लगायतका सामग्री डिलिट गर्न सक्ने भएका छन्। यो सुविधा फेसबुकले गोप्य रूपमा सुरु गरेको छ। मेसेन्जरमा यो फिचर यसअघि नै ल्याउने घोषणा गरेको भए पनि यसको सुरुआत भने फेसबुकले भर्खरै मात्र गरेको छ। कम्पनीले मेसेज अनसेन्ड फिचरको सुरुआत अहिले केही मुलुकका प्रयोगकर्ताका लागि मात्र सुरु गरेको हो।

कम्पनीका अनुसार यो फिचरबाट मेसेन्जरमा पठाइएको कुनै पनि सन्देशलाई अनसेन्ड गर्न सकिनेछ। कुनै पनि प्रयोगकर्ताले मेसेन्जरमा कनेक्ट भएका साथीलाई पठाएको मेसेज, फोटो, भिडियो लगायतका सामग्री डिलिट गर्न सक्नेछन्। यसअघि एकपटक पठाएको म्यासेज डिलेट गर्न नमिल्ने समस्यालाई हल गर्न कम्पनीले यो सेवा सुरु गरेको जनाएको छ।

कम्पनीका अनुसार सुरुको चरणमा मेसेज अनसेन्ड फिचर पोल्यान्ड, बोलिभिया, कोलम्बिया र लिथुआनियामा आईओएस र एन्ड्रोयड प्रयोगकर्ताका लागि सुरु भएको छ। यस्तो फिचर प्राप्त गरेका प्रयोगकर्ताले आफूले पठाएको मेसेज पहिलो १० मिनेटभित्र डिलिट गर्न पाउनेछन्। सन्देश पठाएको १० सेकेन्डपछि भने त्यस्तो मेसेज अनसेन्ड हुनेछैन। कम्पनीले विशेषगरी प्रयोगकर्ताबाट नचाहँदा नचाहँदै पठाइएको म्यासेजलाई तत्कालै डिलिट गर्नसक्ने गरी यो सेवा सुरु गरेको हो। यसका साथै यो फिचरले ग्राहकको कतिपय गोप्यतालाई सुरक्षित राख्नसमेत मद्दत गर्ने उल्लेख छ।

कम्पनीका अनुसार अनसेन्ड फिचरले यसअघि पठाएका मेसेज भने हटाउन सकिँदैन। यो सेवा सुरु भएपछिका म्यासेजलाई मात्रै डिलेट गर्न सकिनेछ। जुन म्यासेज डिलेट गर्न अनसेन्ड फिचर प्रयोग गरिएको हुन्छ, त्यसलाई जनाउन त्यहाँ ‘टम्बस्टोन’ बटन देखिन्छ।

‘जुन म्यासेजमा अनसेन्ड फिचर प्रयोग हुन्छ, त्यो म्यासेज फिर्ता भएको जनाउने ‘टम्बस्टोन’ बटन आउनेछ’, फेसबुक प्रवक्ताले भनेका छन्, ‘जसको अर्थ पठाएको मेसेज पुनः फिर्ता भएको भन्ने बुझिन्छ। यो फिचर विश्वभर सकेसम्म छिटै सुरु हुनेछ।’ यसबाहेक फेसबुकले अन्य किसिमका अनसेन्ड फिचर पनि ल्याउने तयारी गरिरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.