पढ्न चाहिने २०, कोठा बने १०

पढ्न चाहिने २०, कोठा बने १०

भक्तपुर :  चाँगुनारायण नगरपालिका ८ सुडालस्थित महेन्द्रग्राम माध्यमिक विद्यालयलाई नयाँ भवन बुझिलिने कि नलिने अन्योल छ। नयाँ भवन पाए पनि कक्षाकोठा अपुग हुँदा विद्यालय नयाँ भवन लिने÷नलिने दोधार भएको हो। भूकम्पले विद्यालयको पुरानो भवनमा क्षति पुर्याएपछि तत्काल अस्थायी सिकाइ केन्द्र (टीएलसी) बनाई पढाइ सुरु गरिएको थियो।

सरकारले टीएलसीलाई विस्थापन गरी स्थायी भवन बनाउने योजना ल्यायो। जसअनुसार एसियाली विकास बैंकको ८० र नेपाल सरकारको २० प्रतिशत लगानीमा महेन्द्रग्राम मावि बनेको हो। सम्झौताअनुसार निर्माण व्यवसायीले नयाँ भवन पनि बनाइसकेका छन्। करिब पाँच करोड ६८ लाख रुपैयाँ लगत अनुमानमा खानी निर्माण सेवाले विद्यालय तयार गरेको छ। ११ रोपनी १२ आना क्षेत्रफलमा बनेका तीन भवन हेर्दा आकर्षक छन्। नयाँ भवनमा प्रधानाध्यापकका लागि छुट्टै कक्ष छ। लेखाको काउन्टर छुट्टै छ। शिक्षकहरूलाई ठूलै कोठाको व्यवस्था गरिएको छ। कम्प्युटर र विज्ञानका समेत अलग अलग कोठा छन्। तर, १० वटामात्रै।

विद्यालयले अंग्रेजी माध्यममा पढाउँदै आएको छ। कक्षा ११ र १२ मा व्यवस्थापन, शिक्षा र मानविकी पनि पढाइ हुन्छ। विद्यालयमा १८ महिने प्राविधिक एसएलसीतर्फ जेटीएको समेत पढाइ हुँदै आएको छ। यसरी विद्यालयलाई कम्तिमा २० वटा कक्षाकोठा आवश्यक छ। तर, नयाँ भवनमा १० वटा बनेका छन्। विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजु सुवेदी भन्छन्, ‘हामीलाई कक्षाकोठा नै कम्तिमा २० कोठा चाहिन्छ, नयाँ भवनमा १० वटा मात्रै छन्।’ सरकारले नै कक्षा १२ सम्म विद्यालयीय शिक्षा भनेको छ। तर, सरकारले नै २० प्रतिशत लगानी गरेको भवनमा १० भन्दा बढी कक्षाकोठा निर्माण नहुनु दुर्भाग्य भएको अध्यक्ष सुवेदी बताउँछन्।

प्रधानाध्यापक नरेन्द्रविक्रम जीसीले दुई वर्षभित्र विद्यालयमा स्नातकसम्मको अध्ययन गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए। ‘भवन बनेकाले उत्साहित हामी कम कक्षाकोठाले निराश छौं’, उनले दुखेसो पोखे। ‘जेटीएका विद्यार्थीलाई छात्राबासको व्यवस्था गर्ने निर्णय गरिसकेका थियौं, कक्षाकोठा कम भएपछि छात्राबास राख्ने÷नराख्नेमा अन्योल छौं।’ कक्षा ११ र १२ को पढाइ बिहान सञ्चालन गर्दा पनि नयाँ भवनमा कक्षाकोठा कसैगरी नपुग्ने प्रअ जिसी बताउँछन्।

करिब तीन सय विद्यार्थी रहेको विद्यालयमा सरकारी दरबन्दीका १४ शिक्षक छन्। विद्यालयको निजी स्रोतबाट थप चार शिक्षक व्यवस्था गरिएको छ। जसअनुसार माविमा दुई राहतसहित ६ जना, निमाविमा चार र प्राविमा आठ शिक्षक छन्।

विद्यालय ६ वटा इँटाभट्टाको बीचमा छ। धुवाँधुलोले शिक्षक तथा विद्यार्थी आक्रान्त छन्। इँटाभट्टामा चहलपहल सुरु हुन थालेपछि विद्यालयमा समस्या बढ्ने सुवेदी गुनासो गर्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.