सय वर्ष पुरानाे विद्यालय : दिउँसै बत्ती बालेर पढाइ

सय वर्ष पुरानाे विद्यालय : दिउँसै बत्ती बालेर पढाइ

बनेपा: काभ्रेको पनौती नगरपलिका ७ स्थित पनौती आधारभूत विद्यालयमा (पाठशाला) दिउँसै बत्ती बालेर पढाउनुपर्ने बाध्यता छ। सयवर्ष पुरानो विद्यालय प्रकाश नछिर्ने साँघुरो गल्लीभित्र छ। कक्षामा दिउँसै विद्यार्थीलाई बत्ती बालेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद ताम्राकारले बताए। ‘राणाकालीन समयमा बनेको विद्यालयको भवनका कोठाहरु अँध्यारो र साघुरो भएकाले उज्याले छिर्न पाउँदैन त्यसैले वर्षाैदेखि टुकी, विद्युत र सोलारको उज्यालोमा विद्यालयको पढाई हुँदै आएको छ।’

आर्थिक समस्याका कारण समयमै विद्युत महशुल बुझाउन नसक्दा विद्युत प्राधिकरणले लाइन काटेपछि विद्याथीहरु झन मारमा परेका छन्। ‘महशुल बुझाउन नसकेपछि प्राधिकरणले लाइन काट्यो र हारगुहार गरेर विदेशी दातालाई सोलार हाल्न लगायाैँ अहिले त्यसैले काम चलाउँदै आएका छौँ’ ताम्राकारले भने। 


सोलार बिग्रिएको अवस्थामा अँध्यारोमै पढ्नपर्ने बाध्यता छ। साँघुरो भवन र कोठा भए पनि विद्यालयमा शिशु कक्षादेखि कक्षा ८ सम्म २ सय ४५ जना विद्यार्थीलाई रहेको ताम्राकारले जानकारी दिए। उनका अनुसार विद्यालयमा प्रर्याप्त कक्षा कोठा नहुँदा अहिले दुई वटा कोठा भाडामा लिएर कक्षा सञ्चालन गर्दै आइएको छ।

विद्यालयको भौतिक पूर्वाधारकै कारण यहाँ पढाउने शिक्षक शिक्षिकासमेत निकै समस्यामा पर्दै आएको शिक्षक राजन कर्मचार्य बताउँछन्। ‘साघुरा कक्षा कोठामा उज्यालो नहुँदा पठनपाठनमा समस्या हुँदै आएको छ, दिउँसै बत्ति बालेर लेख्न पढ्न विद्यार्थी र शिक्षक दुवैलाई अप्ठ्यारो हुन्छ। दिनभरि बत्तिको उज्यालोले आँखामा समस्या हुने गरेको छ।’ उनले थपे ‘ सोलार बिग्रिएको समयमा अँध्यारो कक्षा कोठामा पढाउनु पर्छ।’

विद्यालयको कक्षाकोठा र शौचालयसँगै भएकाले दुर्गन्धका कारण दैनिक पठनपाठनमा पनि समस्या आउने गरेको कर्माचार्यले बताए। वि.सं. १९७२ सालमा स्थापना भएको विद्यालय भए पनि सम्बन्धित निकायले चासो नदिएकै कारण समस्यामा पर्दै आएको स्थानीहरु बताउँछन्।
 
 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.