राजधानीमा गोली चल्यो : राजन लिम्बु घाइते
काठमाडौं : काठमाडौंको कालोपुलमा गोली चलेको छ । लुटपाटमा संलग्न लिम्बुलाई पक्राउ गर्न खोज्दा गोली चलाएपछि प्रहरीले लिम्बुमाथि गोली प्रहार गरेको हो । प्रहरीले उनको साथबाट एउटा पेस्तोल र केही राउण्ड गोली बरामद गरेको छ ।
महानगरीय अपराध महाशाखाका डिएसपी रूगम कुवँरका अनुसार दुवै खुट्टामा गोली लागेका लिम्बुलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ। लिम्बू इटहरीमा मनि ट्रान्सफर लुटपाटमा संलग्न थिए। मनि ट्रान्सफर लुटपाटका क्रममा एकजनालाई छुरासमेत हानिएको थियो। यससँगै लिम्बु राजधानीका विभिन्न लुटपाटमा संलग्न रहेको प्रहरीको दावी छ।